Logo

बन्द भएको १ वर्षपछि खुल्ने भयो नाङ्लो, शुक्रबारबाट संचालनमा

बन्द भएको १ वर्षपछि खुल्ने भयो नाङ्लो, शुक्रबारबाट संचालनमा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । शुक्रबारबाट नाङ्लो रेष्टुराँ संचालनमा आउने भएको छ । लामो समयदेखि बन्द रहेको नाङ्लो रेष्टुराँ शुक्रबारबाट पुनः संचालनमा आउन लागेको हो । विशेष कारण देखाउँदै संचालकले सन् २०१४ डिसेम्बरबाट बन्द गरेको थियो ।

शुक्रबारबाट आकर्षक डिजाइजमा संचालनमा ल्याउन लागिएको नाङ्लोका अध्यक्ष गोपाल सुन्दरलाल कक्षपतीले बताए । ‘रेष्टुराँ संचालनका लागि सम्पूर्ण तयारी पुरा भइरहेको छ,’ उनले भने । शुक्रबार एक कार्यक्रमबीच कमलादीमा नाङ्लो क्पाफे एण्ड पव संचालनमा ल्याउन लागिएको हो ।

कमलादीस्थित उक्त रेष्टुराँबाट चाइनीज, कन्टिनेन्टल र नेपाली खाना उपलब्ध गराईने भएको छ । नाङ्लोको स्वाद लिन चाहने ग्राहकको लागि उक्त रेष्टुराँ उपयुक्त हुने उनको दावी छ । रेष्टुराँमा विभिन्न स्वदका खानाका साथै वारको पनि व्यवस्था रहेको छ ।

रेष्टुराँ दैनिक विहान ११ बजेदेखि बेलुका १० बजेसम्म संचालन हुने छ । उक्त रेष्टुराँबाट एकै पटक २ सयजना भन्दा बढीलाई सेवा दिन सकिने कक्षपतीले जानकारी दिए । रेष्टराँमा ६० जनाभन्दा बढीले रोजगारी पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL