Logo

बंगलादेश र नेपालबीच आज विद्युत व्यापार सम्झौता हुँदै, ४० मेगावाट विद्युत निर्यात हुने

काठमाडौं । नेपाल र बंगलादेशबीच आज विद्युत व्यापार सम्झौता हुने भएको छ । बंगलादेशमा निर्यात गरिने बिजुलीको खरिद–बिक्री दर तय गर्न नेपाल विद्युत् प्राधिकरणको टोली बंगलादेश पुगिसकेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वको टोली बुधबार बंगलादेश गएको हो । टोलीले आज बंगलादेशको पावर डेभलपमेन्ट बोर्डसँग छलफल गरेर विद्युत् खरिद–बिक्रीदर टुंगो लगाउनेछ । टोलीमा प्राधिकरणका उच्च…