Logo

नीति तथा कार्यक्रम माथी डा. महतको टिप्पणी, आकांक्षा जगाउने प्रचारमुखी कुरा मात्र समेटियो

नीति तथा कार्यक्रम माथी डा. महतको टिप्पणी, आकांक्षा जगाउने प्रचारमुखी कुरा मात्र समेटियो



सरकारले नीति तथा कार्यक्रममार्फत आशा जगाउने काम बाहेक कुनै कुनै ठोस कार्यक्रम ल्याउन सकेन । सरकारले आफ्नो बार्षिक नीति तथा कार्यक्रमभन्दा पनि पञ्चबर्षिय र १० बर्षिय योजनाहरु बढि समेटेको छ । जुन हावादरी कुरा हो ।

नीति तथा कार्यक्रममा सरकारले आगामी दिनमा गर्ने ठोस योजनाहरु ल्याउन सक्नुपर्छ । तर, यसमा सरकारका नियमित कामहरुलाई बढि समेटिएको छ । जहाँ नीति र योजनाभन्दा पनि गफ बढि गरिएको छ ।

सरकारले अबको १० बर्षभित्र देशलाई मध्यम आए भएको मुलुकमा स्तरोन्नती गर्ने घोषणा गरेको छ । तर, त्यसको लागि नेपालीको प्रतिव्यक्ति आय कति चाहिँछ यो सरकारलाई थाहा छ ? यदि नेपाललाई मध्यम आय भएको मुलुकमा स्तरोन्नती गर्ने हो भने त्यसका लागि प्रतिव्यक्ति आय ३ हजार डलर चाहिँछ । त्यति आय बनाउनका लागि कति लगानी भित्र्याउनुपर्छ, कति लगानी गर्नुपर्छ त्यसको कुनै आधार छ्रैन ।

यस्तै तीन बर्षमा कृषि उत्पादनलाई दोब्बर बनाउने भनिएको छ । यो कुनै पनि किसिमले सम्भव नहुने विषय हो । कृषिमा राम्रो प्रगति गरेका देशहरुमा बार्षिक रुपमा कृषिको उत्पादन ५ देखि ७ प्रतिशतले बृद्धि भइरहेको छ । तर, नेपालमा ३ बर्षमै दोब्बर पार्ने भनिएको छ । त्यसो पनि विना कुनै योजना । नीति तथा कार्यक्रमले जनतालाई आशा र आकांक्षा जगाउने काम बाहेक अरु केही पनि नयाँ ठोस नीति लिन सकेको छैन ।

पहिलो कुरा सरकारले ३ बर्ष, ५ बर्ष र १० बर्षमा गरिने कामहरु बढि घोषणा गरेको छ । जुन कुरा बार्षिक नीति तथा कार्यक्रममा उल्लेख गर्नु सान्दर्भिक होइन । यदि उल्लेख नै गर्ने हो भने पनि त्यसका आधारहरु चाहिँछ । अहिले प्रारम्भिक अध्ययन पनि नभएका आयोजनाहरुलाई यति बर्ष भित्र सम्पन्न गरिनेछ भनिएको छ । जुन एकदमै हावादरी कुरा हो । वास्तविकता पहिचान नै नगरी उल्लेख गर्ने काम भएको छ ।

अहिले सकारले आकांक्षा जगाउने खालका प्रचारमुखी कार्यक्रम मात्र ल्याएको छ । अहिले यो उ भनी तोक्नुभन्दा पनि कुनै पनि काम अघि नबढेका वा विस्तृत अध्ययन नै नभएका आयोजनालाई समेटिएको छ । ती आयोजना निर्माण सम्पन्न गर्न कति लगानी लाग्छ, त्यो लगानी कहाँबाट ल्याउने ती कुरा कहाँ समावेश भएको छ ?

बार्षिक कार्यक्रममा पञ्चबर्षीय र १० बर्षे कार्यक्रम मात्र समेटिएका छन् जुन गलत हो । सरकारले ५ बर्षभित्र वैदेशिक रोजगारीलाई नीतिगत रुपमै रोकी स्वदेशमा रोजगारी सिर्जना गर्ने भनेको छ । यसको लागि के छन् आधार । अहिले विना आधार हचुवाको भरमा बोल्ने काम मात्र भएको छ ।

सरकारले नीति तथा कार्यक्रममार्फत आकांक्षा र आफ्नो इच्छा मात्र जाहेर गरेर जनता भुल्याउने काम गरेको छ । त्यसलाई कसरी कार्यान्वयन गरिने कुनै ठोस योजना छेन ।

प्रतिक्रिया दिनुहोस्
MBL