यस्तो हुनेछ सन् २०१८ को विश्व अर्थव्यवस्था, अर्थशास्त्रका नोबेलपुरस्कार बिजेता माइकल स्पेन्सको लेख

world

–माइकल स्पेन्स /प्रोजेक्ट सिन्डिकेट

मजस्ता अर्थशास्त्रीहरूलाई लगानी, शिक्षा र रोजगारीका साथै तिनीहरूको नीतिगत अपेक्षाजस्ता क्षेत्रहरूमा फर्म, व्यक्तिगत र संस्थाहरूको विकल्पहरूका बारेमा सूचित गर्नसक्ने प्रश्नहरू सोधिने गर्छन् । अधिकांश अवस्थामा कुनै निश्चित जवाफ छैन । तर पर्याप्त जानकारीका साथ अर्थव्यवस्था, बजार र प्रविधिका सन्दर्भमा कसैले पनि बुझ्न सक्छ र उचित अनुमान लगाउनसक्छ ।

विकसित संसारमा आन्तरिक र अन्तरराष्ट्रिय दुबैगरी राजनीतिक विच्छेदन, ध्रुवीकरण र तनावका साथ धेरै अर्थतन्त्रहरूले वृद्धिको तीव्रतालाई अनुभव गरेसँगै सन् २०१७ को वर्ष सम्भवतः विपरित अवधिको रूपमा सम्झना हुनेछ । लामो अवधिमा राजनीति र शक्तिहरूलाई केन्द्रबाहिर राख्न आर्थिक प्रदर्शनले प्रतिरक्षाको काम गर्नेछ भन्नु सम्भव छैन । यद्यपि अहिलेसम्म बजार र अर्थतन्त्रहरूले राजनीतिक अशान्तिलाई बन्द गरेको छ र पर्याप्त अल्पकालीन शङ्काका जोखिमहरू अपेक्षाकृत साना देखिन्छन् ।

अहिले अराजकता र विभाजित ब्रेक्जिट प्रक्रियाको सामना गरेको बेलायत यसको अपवाद हो । युरोपका अन्य स्थानमा जर्मनीका अत्यन्त कमजोर चान्सलर एन्जेला मर्केलले गठबन्धन सरकार गठन गर्न संघर्ष गर्नुपरेको छ । यो बेलायत वा बाँकी युरोपका लागि राम्रो होइन जसले युरोपेली युनियनको सुधारका लागि फ्रान्स र जर्मनी सँगै मिलेर काम गर्नुपर्ने अत्यन्त आवश्यक ठान्छन् ।

एउटा सम्भावित झट्का भनेको मौद्रिक सङ्कुचनसँग सम्बन्धित विषयले सबैभन्दा धेरै ध्यान आकर्षित गरेको छ । विकसित संसारमा आर्थिक प्रदर्शन सुधार गर्न आक्रामक समायोजित मौद्रिक नीतिको क्रमिक रूपान्तरणले सम्पत्ति मूल्यमा मुख्य आकर्षण वा चिन्ताको विषय हुने सम्भावना देखिँदैन । सम्भवतः बजार मूल्यहरूलाई वैधता प्रदान गर्न आर्थिक मूलभूतहरूको दीर्घ प्रतिक्षित बढ्दो एकाग्रता पहुँचभित्रै छ ।

एसियामा चिनियाँ राष्ट्रपति सि चिनफिङ अहिलेसम्मकै सबैभन्दा बलियो स्थितिमा हुनुहुन्छ । यसबाट अधिक खपत र असन्तुलनको प्रभावकारी व्यवस्थापन तथा नयाँ उपायको वृद्धिको अपेक्षा गर्न सकिन्छ । भारत पनि उसको वृद्धि र सुधारको गतिलाई कायमै राख्न सकेको प्रतीत हुन्छ । जसै यी अर्थतन्त्रहरू बढ्छन् यस क्षेत्र र सोभन्दा बाहिरका अर्थतन्त्रहरू पनि बढ्नेछन् ।

जब यो प्रविधिको कुरा आउँछ (विशेषगरेर डिजिटल प्रविधि), चीन र अमेरिकाले आगामी वर्षहरूमा यसमा हैकम जमाउने देखिन्छ । किनकी उनीहरूले आधारभूत अनुसन्धानमा लगानीलाई निरन्तरता दिएका छन् । जब नव आविष्कारहरू व्यावसायिक बन्छन् अधिक फाइदाहरू एकत्रित गर्छन् । यी दुई मुलुक आर्थिक तथा सामाजिक अन्तरक्रियाका लागि मुख्य प्लेटफर्म पनि हो । जसले सूचनात्मक अन्तराललाई बन्द गरेर सञ्जाल प्रभावहरूबाट लाभ उठाउँछ र सम्भवतः सबैभन्दा महत्वपूर्ण मूल्यवान डाटाहरूको ठूलो स्थितिको प्रयोग र सिर्जना गरेर कृत्रिम बौद्धिक क्षमता र प्रयोगलाई बढाउँछ ।

त्यस्ता प्लेटफर्महरू आपैmँमा आकर्षित मात्र छैनन् तिनीहरूले आपूm वरिपरि र बाहिर नयाँ व्यापारिक मोडेल सञ्चालनका लागि विज्ञापन, तार्किक सहयोग र वित्तसँग सम्बन्धित होस्टहरूको उत्पादन गर्छन् । युरोपली युनियनजस्ता अर्थतन्त्रहरूसँग त्यस्ता प्लेटफर्महरूको कमीले उनीहरू बेफाइदामा छन् । ल्याटिन अमेरिकासँग पनि एउटा ठूलो नव आविष्कार घरेलु ई–कमर्स खेलाडी तथा डिजिटल भुक्तानी प्रणाली छ ।

मोबाइल अनलाइन भुक्तानी प्रणालीमा चीन अग्रपङ्तिमा छ । चीनको अधिकांश जनसङ्ख्या प्रत्यक्ष नगदबाट चेक र क्रेडिट कार्डलाई त्याग्दै मोबाइल अनलाइन भुक्तानीमा स्थानान्तरित भएसँगै चीनको भुक्तानी प्रणालीहरू बलियो भएका छन् ।

यसै महिनाको सुरुमा युवा आधारित खपतको एउटा वार्षिकोत्सवको एकै दिनमा मात्र चीनको अग्रणी अनलाइन भुक्तानी प्लेटफर्म अलिपेले मजबुत क्लाउड कम्प्युटिङ कलाको प्रयोग गरेर प्रति सेकेन्ड दुई लाख ५६ हजार भुक्तानीको प्रशोधन गरेको थियो । यो संसारको सबैभन्दा ठूलो खरिद घटना भएको छ । अलिपे प्लेटफर्ममा सम्पत्ति व्यवस्थापन र बीमादेखि क्रेडिट मूल्याङ्कनसम्म विस्तारित वित्तीय सेवाहरूका लागि प्रभावकारी दायरा छ । साथै साझेदारीको माध्यमबाट अन्य एसियाली मुलुकहरूमा पनि यसको विस्तार राम्रो छ ।

आगामी वर्षहरूमा विकसित तथा विकासशील अर्थव्यवस्थाहरूले अझबढी समावेशी विकास ढाँचातिर बढ्न कडा परिश्रम गर्नुपर्नेछ । यहाँ, म त्यस्तो आशा गर्दछु कि राष्ट्रिय सरकारहरूले व्यवसायहरू, उप–राष्ट्रिय सरकार, श्रम सङ्गठन र शैक्षिक तथा गैरसरकारी संस्थाहरूको गतिशील प्रगतिमा सहयोग गर्नसक्छन् । विशेषगरेर उनीहरूबाट राजनीतिक स्थापनाको विरुद्धको आलोचनाले प्रताडित भएका स्थानमा सहयोग हुनसक्छ ।

स्वचालन स्थिर बनाइएको छ र अझ छिटो बनाउँदा निर्माण र रसददेखि औषधि र कानुनसम्मका क्षेत्रमा श्रम बजारको माग पक्षमा परिवर्तन हुन्छ जबकि आपूर्ति पक्षले अधिक सुस्तता देखाउनेछ । परिणामस्वरूप भलै संरचनात्मक सङ्क्रमणमा कामदारले बलियो समर्थन प्राप्त (आम्दानी समर्थन र पुनः प्रयासका विकल्पहरूको रूपमा) गरे भने श्रम बजार बेमेलको सम्भावना बढ्दै जान्छ, तीव्र असमानता हुन्छ र थप राजनीतिक र सामाजिक ध्रुवीकरणमा योगदान पुग्छ ।

यद्यपि सावधानीपूर्वक आशावादी हुनुपर्ने कारणहरू पनि छन् । सुरुआत गर्नेहरूका लागि अपेक्षाकृत खुला विश्व अर्थतन्त्र कायम राख्ने वाञ्छित विकसित र उदाउँदा अर्थतन्त्रहरूमा व्यापक सहमति रहेको छ ।

यसमा उल्लेखनीय अपवाद अमेरिका हो । राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासन वास्तवमा अन्तर्रा्ष्ट्रिय सहयोगबाट फिर्ता हुन चाहन्छ वा अमेरिकाका लागि अधिक अनुकूल हुने गरी यस अघि सहमत भएको अवस्थाबाट सामान्य परिवर्तन गर्न चाहन्छ भन्ने स्पष्ट भएको छैन । कम्तीमा अहिलेका लागि के कुरा स्पष्ट छ भने आन्तरिक सम्बन्धको उचित व्यवस्थापनका लागि बढ्दो नियममा आधारित विश्वव्यापी प्रणालीको प्रमुख प्रायोजक र वास्तुकारका रूपमा सेवा गर्ने मुलुकमा अमेरिका गणना हुनसक्तैन ।

परिस्थिति जलवायु परिवर्तन कमगर्ने सन्दर्भसँग समान छ । पेरिस जलवायु सम्झौतासँग प्रतिबद्ध नहुने मुलुक अहिले अमेरिका मात्र छ जुन सम्झौता ट्रम्प प्रशासनको परित्यागका बावजुद सम्पन्न भएको छ । यहाँ सम्म कि अमेरिकाभित्र सहर, प्रान्त र व्यवसायहरूका साथै नागरिक सङ्गठनको एक आयोजकले समेत सङ्घीय सरकारसँग वा त्योसँग बाहेकले अमेरिकाको जलवायुका दायित्वहरू पूरा गर्न एक विश्वसनीय प्रतिबद्धतालाई सङ्केत गरेका छन् ।

कोइलामाथिको निर्भरता अभैm कायमै रहेकोले अभैm संसारसँग अगाडि बढ्न लामो बाटो छ । फाइनान्सियल टाइम्सका अनुसार अहिले र त्यसपछिको बीचको सामान्य वृद्धिसँगै भारतमा कोइलाको उच्च माग करिब १० वर्षमा आउनेछ । हरित ऊर्जामा अधिक तीव्रताको मूल्य गिरावटको निर्भरताले विश्व अभैm पनि कार्बनडाइअक्साइडको उत्सर्जनमा नकारात्मक वृद्धिबाट धेरै वर्ष टाढा रहेकोले अभैm पनि यो परिदृश्यमा सकारात्मक सम्भावना देखिन्छ ।

यी सबै अवस्थाले विश्व अर्थव्यवस्थाले आगामी महिना र वर्षहरूमा गम्भीर चुनौतीहरूको सामना गर्नेछ भन्ने सुझाव दिन्छ । साथै पृष्ठभूमिमा खतरा भनेको ऋणको पहाड हो जसले अस्थिरता खडा गर्न बजारलाई चिन्तित बनाउँछ र प्रणालीको कमजोरीलाई बढाउँछ । यद्यपि अल्पावधिमा आधारभूत परिदृश्य एउटा निरन्तरताको रूपमा देखिन्छ । क्षितिजमा बिना कुनै स्पष्ट आश्वासनसँगै विशेषगरी विकसित मुलुकहरूमा नोकरी, आम्दानी, राजनीतिक र सामाजिक ध्रुवीकरणको ढाँचामा बिना कुनै अचानक परिवर्तन आर्थिक शक्ति र प्रभाव निरन्तर पश्चिमबाट पूर्व्तिर जानेछ ।

(माइकल स्पेन्सले अर्थशास्त्रका नोबेल पुरस्कार बिजेता हुन्)


फेसबूक कमेन्ट गर्नुहोस्