Logo

साधना लघुवित्तको सेयर नेप्सेमा सूचीकृत, प्रतिकित्ता १३० रुपैयाँदेखि ३९० रुपैयाँ ओपनिङ रेन्ज

साधना लघुवित्तको सेयर नेप्सेमा सूचीकृत, प्रतिकित्ता १३० रुपैयाँदेखि ३९० रुपैयाँ ओपनिङ रेन्ज



काठमाडौं । साधना लघुवित्तको सेयर नेप्सेमा सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा कम्पनीको २१ लाख ७७ हजार ८ सय कित्ता सेयर सूचीकृत भएको छ ।

सेयर सूचीकृत भएसँगै बिहीबारदेखि नेप्सेमा कम्पनीको सेयर कारोबार हुनेछ । कम्पनीको सेयरलाई पहिलो कारोबारका लागि नेप्सेले प्रतिकित्ता १३० रुपैयाँ १२ पैसा देखि ३९० रुपैयाँ ३६ पैसा ओपनिङ रेन्ज तोकिएको छ ।

कम्पनीको नेटवर्थ र नेटवर्थको ३ गुणासम्म ओपनिङ रेन्ज तोक्ने व्यवस्था छ । सोहीअनुसार नेप्सेले कम्पनीलाई उक्त ओपनिङ रेन्ज तोकेको हो । कम्पनीको सेयरलाई नेप्सेले एसडीएलबीएसएल संकेत प्रदान गरेको छ ।

लघुवित्तले असार २१ गतेदेखि १०० रुपैयाँ अंकित दरमा ७ करोड ७ लाख ८० हजार रुपैयाँबराबरको ७ लाख ८ हजार ८०० कित्ता साधारण सेयर निष्कासन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL