Logo

एनआईसी एशिया लघुवित्तको सेयर नेप्सेमा सूचीकृत, यस्तो छ ओपन रेञ्ज

एनआईसी एशिया लघुवित्तको सेयर नेप्सेमा सूचीकृत, यस्तो छ ओपन रेञ्ज



काठमाडौं । एनआईसी एशिया लघुवित्तको सेयर नेप्सेमा सूचीकृत भएको छ । लघुवित्तले बुधबार (आज) १ करोड ४८ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत गरेको हो ।

laxmi

नेप्सेले कम्पनीको सेयर कारोबारको लागि (एनआईसीएलबीएसएल) संकेत प्रदान गरेको छ । नेप्सेले लघुवित्तको सेयरको पहिलो कारोबारका लागि ११० रूपैयाँ ४३ पैसा देखि ३३१ रुपैयाँ २९ पैसासम्म पहिलो कारोबार रेन्ज अथवा मूल्य तोकेको छ । यसबीच जनसुकै मूल्यबाट लघुवित्तको सेयर कारोबार हुन सक्नेछ ।

लघुवित्तको सेयर नेप्सेमा सूचीकृत भएसँगै अब दोस्रो बजार कारोबार खुल्ने भएको छ । लघुवित्तले असार १० देखि १४ गतेसम्म ४७ करोड ५५ लाख रुपैयाँबराबरको ४७ लाख ५५ हजार कित्ता साधारण सेयर निष्कासन गरेको थियो । संस्थापक सेयरसमेत गरे लघुवित्तले एक करोड ४८ कित्ता सेयर नेप्सेमा सूचीकृत गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL