Logo

एनआईसी एशिया लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन, शुक्रबारसम्म ३ गुणाभन्दा बढी आवेदन

एनआईसी एशिया लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन, शुक्रबारसम्म ३ गुणाभन्दा बढी आवेदन



काठमाडौं । एनआईसी एशिया लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो । असार १० गतेदेखि विक्री खुला भएको आइपीओमा पहिलो दिनमै मागभन्दा बढी आवेदन परेको थियो । यसैकारण कम्पनीको आईपीओ विक्रीको छिटो अवधिभित्रै विक्री बन्द हुन लागेको हो ।

कम्पनीको आईपीओमा शुक्रवारसम्म २ लाख ९० हजार आवेदकबाट १ करोड ६२ लाख कित्ताका लागि आवेदन परेको छ । यो आवेदन मागभन्दा ३ दशमलव ६५ गुणा बढी हो । कम्पनीले सर्वसाधारणका लागि छुट्याएको कुल ४७ लाख ५५ हजार कित्तामध्ये ७४ हजार कर्मचारीका लागि सुरक्षित गरी २ लाख ३७ हजार ८०० कित्ता सामूहिक लगानी कोषका लागि बाँडफाँटपछि बाँकी ४४ लाख ४३ हजार २०० कित्ता शेयर सार्वजनिक निष्कासन मार्फत विक्रीमा ल्याएको हो ।

यो आईपीओ खरीद गर्न चाहनेले न्यूनतम १० कित्ता र अधिकतममा २ लाख कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था छ ।

आवेदकले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सी–आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL