Logo

स्वावलम्बन लघुवित्तको सामाजिक उत्तरदायित्व, कोरोना रोकथाम कोषमा २५ लाख सहयोग

स्वावलम्बन लघुवित्तको सामाजिक उत्तरदायित्व, कोरोना रोकथाम कोषमा २५ लाख सहयोग



काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले कोरोना भाईरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा २५ लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ । संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत कोषको नाममा रहेको राष्ट्रिय वाणिज्य बैंक काठमाडौंमा रहेको खातामा उक्त रकम जम्मा गरेको हो ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण उत्पन्न विषम परिस्थितिमा देशमा सो को संक्रमण रोकथाम, नियन्त्रण, उपचारका साथै न्यून आय भएको साथै अप्ठ्यारोमा परेको वर्ग, समुदायलाई दैनिक उपभोग्य सामग्री वितरणमा सहयोग पुग्ने विश्वास लिई आर्थिक सहयोग रकम उपलब्ध गराएको संस्थाले जानकारी दिएको छ ।

संस्थाले ग्राहक संरक्षण र संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत समय समयमा ग्राहक तथा समुदायको हितका लागि विभिन्न कार्यक्रम तथा प्राकृतिक विपद् व्यवस्थापका लागि विभिन्न राहत प्याकेजहरु उपलब्ध गराउँदै आएको छ ।

राष्ट्रिय स्तरको कार्यक्षेत्र रहको स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले ६१ जिल्लामा रहेका १४० शाखा कार्यालयमार्फत लघुवित्त सेवा तथा विभिन्न गैर वित्तीय, दक्षता अभिवृद्धि लगायतका सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL