Logo

स्वावलम्बन लघुवित्तद्वारा शैक्षिक सामग्री वितरण, १ सय जना न्यून आय भएका दलित छात्रछात्रा लाभान्वित

स्वावलम्बन लघुवित्तद्वारा शैक्षिक सामग्री वितरण, १ सय जना न्यून आय भएका दलित छात्रछात्रा लाभान्वित



काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि। शाखा कार्यालय सिरहाले ग्राहक सदस्य तथा न्यून आय भएको स्थानीय दलित समुदायका छात्रछात्रालाई विभिन्न शैक्षिक सामग्री वितरण गरेको छ । शाखा कार्यालयबाट सिरहा नगरपालिका वडा नं।६ बसविट्टा स्थित श्री आधारभूत बिद्यालयका १०० जना न्यून आय भएको स्थानीय दलित समुदायका छात्रछात्रालाई स्कूल झोला, कापी र कलम वितरण गरिएको हो ।

कार्यक्रमका प्रमुख आतिथि सिरहा नगरपालिका वडा नं. ६ का अध्यक्ष विजयकुमार यादवले वित्तीय संस्थाले सामुदायिक विद्यालयमा अध्ययनरत न्यून आय भएको दलित छात्रछात्रालाई विभिन्न शैक्षिक सामग्री वितरण गरेकोमा आभार व्यक्त गरे । वित्तीय संस्थाले विपन्न महिलाहरुलाई कर्जा तथा बचतको माध्यमबाट आर्थिक उन्नतिमा टेवा पु¥याएको बताए ।

इलाका कार्यालय लहानका इलाका प्रबन्धक मेघ बहादुर खड्काले वित्तीय संस्थाको ऐतिहासिक पृष्ठभूमि र हाल पु¥याइरहेको सेवाका सम्बन्धमा आफ्नो मन्तव्य राखेका थिए । उनले वित्तीय संस्थाले विभिन्न स्थानमा यस प्रकारको सहयोग गर्दै स्थानीय विपन्न वर्गको शैक्षिक स्थितिमा सुधार ल्याउन कृयाशिल रहेको बताए ।

शाखा कार्यालय सिरहाका कार्यालय प्रमुख जय प्रकाश निरालाले शाखा कार्यालयबाट प्रवाह भएको सेवा बढी भन्दा बढी प्रभावकारी बनाउन सबैको सहयोग आवश्यक पर्ने बताए । उनले सहभागी सबैलाई धन्यबाद दिदंै वालकालिकाको उज्वल भविष्यको कामना गरे ।

कार्यक्रममा शाखा कार्यालयको कार्यक्षेत्र अन्तरगतका केन्द्रबाट सदस्यलगायत अभिभावक, विद्यालयका शिक्षक, शिक्षिका, कर्मचारी, विद्यार्थी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, समाजसेवी, विभिन्न शाखाका कर्मचारी लगायत स्थानीयको सहभागीता रहेको थियो ।

राष्ट्रिय स्तरको कार्यक्षेत्र रहको स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि।ले हाल ६१ जिल्लामा रहेका १४० वटा शाखा कार्यालय मार्फत २ लाख ४९ हजार सदस्य तथा परिवारलाई प्रत्यक्ष लघुवित्त सेवा प्रदान गर्दै आएको छ । वित्तीय संस्थाको अधिकृत पूँजी रु।१ अर्ब साथै जारी तथा चुक्ता पूँजी रु।७९ करोड २३ लाख रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL