Logo

इन्फिनिटी लघुवित्तकोे तेस्रो वार्षिक साधारण सभा, बोनश शेयर र नगद लाभांश प्रस्ताव पारित

इन्फिनिटी लघुवित्तकोे तेस्रो वार्षिक साधारण सभा, बोनश शेयर र नगद लाभांश प्रस्ताव पारित



काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष खेमराज नेपालले शुक्रबार गैडाकोटमा सभाको उद्घाटन गरेका थिए । उक्त साधारण सभामा कम्पनी सचिव तथा प्रमुख कार्यकारी अधिकृत प्रवीण कुमार लामाले उपस्थित सम्पूर्णलाई स्वागत गरेका थिए ।

साधारण सभाको साधारण प्रस्तावहरुमा आर्थिक वर्ष २०७५÷७६ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको २०७६ आषाढ मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणसहितको वित्तीय विवरणहरु (अनुसूचीहरु समेत) रहेका थिए ।

यसैगरी आव. २०७५÷७६ सम्मको मुनाफाबाट चुक्ता पुँजी रु.२० करोड ७४ लाखको ५ प्रतिशतले ले हुन आउने रु. १ करोड ३ लाख ७० हजार बराबरको नगद लाभांश (बोनश शेयर र नगद लाभांशमा लाग्ने कर समेत), आ.व. २०७६÷७७ को लागि लेखापरीक्षकको नियुक्ति र सर्बसाधारण समूहको तर्फबाट २ जना सञ्चालक निर्विरोध निर्वाचित प्रस्ताव पारित भएको छ ।

निर्वाचित हुने सञ्चालकमा बैकिङ्ग क्षेत्रका बिज्ञ बलराम बिष्ट र समाजसेवी प्रभा खनाल रहेका छन् । यस्तै विशेष प्रस्तावहरु अन्तर्गत सञ्चालक समितिको प्रस्ताव बमोजिम चुक्ता पुँजीको १० प्रतिशत बोनश शेयर, वितरण गर्ने, संञ्चालकहरुको बैठक भत्ता समय सापेक्ष बृद्धि गर्ने रहेका थिए ।

यस्तै संस्थाको पुँजी बृद्धि गर्न बोनश शेयर पश्चात कायम हुने चुक्ता शेयर पुँजीको २५ प्रतिशत अर्थात ४ बराबर १ अनुपातमा हकप्रद शेयर पुँजी थप गर्ने, संस्थाले एक वा एकभन्दा बढी उपयुक्त लघुवित्त संस्थाहरु गाभ्ने÷गाभिने तथा प्राप्ति गर्ने वा प्राप्ति हुन जाने सम्बन्धी अख्तियारी सञ्चालक समितिलाई दिने र संस्थाको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने निर्णय रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL