Logo

सबैको लघुवित्तको साधारण सभा सम्पन्न, १३ प्रतिशत बोनश शेयर जारी

सबैको लघुवित्तको साधारण सभा सम्पन्न, १३ प्रतिशत बोनश शेयर जारी



काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको तेश्रो बार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिवार तनहुँको डुम्रेमा सम्पन्न उक्त सभाले आर्थिक वर्ष २०७-७६ को मुनाफाबाट हाल कायम चुक्ता पुँजी रु.१६ करोड ५० लाखको १३ प्रतिशत अर्थात् २ करोड १४ लाख ५० हजार बराबरको बोनश शेयर जारी गर्ने निर्णय गरेको छ । बोनश सेयर वितरणपछि संस्थाको चुक्ता पुँजी १८ करोड ६४ लाख ५० हजार पुगेको छ ।

laxmi

यसैगरी सभाले बोनश शेयर जारी पश्चात्को पुँजीको १०० प्रतिशत अर्थात् १ः१ को अनुपातमा हकप्रद शेयर जारी गर्ने समेत निर्णय गरेको छ । साथै उक्त सभामा सर्वसाधारण समुहको तर्फबाट २ जना सञ्चालकहरु श्यामप्रसाद श्रेष्ठ र गोपाल जोशी निर्विरोध निर्वाचित भएका छन् ।

सभाले नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त अन्य ‘घ’ वर्गका कुनै एक वा एक भन्दा बढी वित्तीय संस्थाहरु एक आपसमा गाभ्न गाभिन वा प्राप्ति गर्नेसम्बन्धी विशेष प्रस्तावमेत पारित गरेको छ । यस कम्पनीको शेयर रजिष्ट्रार सम्बन्धि सम्पूर्ण सेवाहरु एनआईबिएल एस क्यापिटल लिले प्रदान गर्दै आइरहेकासमेत कम्पनीले जनाएको छ ।

विस२०७४ अस रदेखि गतेबाट तनहुँ जिल्लाको डुम्रेबाट लघुवित्त कारोवार शुरु गरेको संस्थाले २९ जिल्लाहरुमा ५१ शखा कार्यालयहरु मार्फत् ३५ हजार ग्राहक सदस्यहरुलाई प्रत्यक्ष सेवा पु¥याएको छ । त्यस्तै गरी संस्थाले १ अर्ब ७९ करोड कर्जा लगानी गरेको छ भने आफ्ना ग्राहक सदस्यहरुबाट ५२ करोड रुपैयाँ भन्दा बढी बचत संकलन पनि गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL