Logo

गुराँस लघुवित्तको लाभांश पारित, प्रदेश नं १ का सम्पूर्ण जिल्लाहरुमा कार्यक्रम विस्तार गर्ने

गुराँस लघुवित्तको लाभांश पारित, प्रदेश नं १ का सम्पूर्ण जिल्लाहरुमा कार्यक्रम विस्तार गर्ने



काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाको चौथो वार्षिक साधारण सभाले ८ दशमलव ०१ प्रतिशत लाभांश पारित गरेको छ । शनिबार सम्पन्न उक्त साधारण सभाले संचालक समितिको वार्षिक प्रतिवेदन, चुक्ता पूँजी ७ करोड ७५ लाखको ८ दशमलव ०१ प्रतिशत लाभांश प्रस्ताव पारित गरेको हो ।

साथै, सभाले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट ओम प्रकाश प्रसाई र डा. प्रियंका कटवाललाई निर्विरोध संचालकमा निर्वाचित गरेको छ । हाल वित्तीय संस्थाले प्रदेश न. १ अन्तर्गतका १० जिल्ला कार्यक्षेत्र रहेकोमा ४ जिल्ला थप गरी प्रदेश नं १ का सम्पूर्ण जिल्लाहरुमा कार्यक्रम विस्तार गर्ने गरी प्रदेश स्तरीय संस्था रहने निर्णय गरेको छ ।

संस्थाले हाल २६ वटा शाखा कार्यालय मार्फत १२ हजार भन्दा बढी विपन्न वर्गका परिवारलाई ७० करोड भन्दा बढी कर्जा प्रवाह गरी रु ११ करोड भन्दा बढी बचत परिचालन गरेको छ । बोनस शेयर वितरण पश्चात वित्तीय संस्थाको चुक्ता पूँजी।८ करोड ३४ लाख पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL