Logo

सरकारले ओरेन्टल सहकारीको नाममा रहेको जग्गा लिलामीमा निकाल्यो, ३५ दिनभित्र ६० कित्ता बिक्री

सरकारले ओरेन्टल सहकारीको नाममा रहेको जग्गा लिलामीमा निकाल्यो, ३५ दिनभित्र ६० कित्ता बिक्री



काठमाडौं । सरकारले समस्याग्रस्थ ओरेन्टल सहकारीको नाममा रहेको जग्गा लिलामीमा निकालेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयल अन्तरगत रहेको समस्याग्रस्थ सहकारी व्यवस्थापन समितिको कार्यालयले उक्त सहकारीको नाममा रहेका तथा धितो राखी ऋण लिने व्यक्तिहरुको जग्गा लिलामीमा निकालेको हो ।

सरकारले एक सूचना प्रकाशित गर्दै ओरेन्टल सहकारीको नाममा रहेको ३१ कित्ता र उक्त सहकारीमा धितो राखी कर्जा लिने २९ ऋणीहरुको जग्गा लिलामीमा निकालेको हो । सरकारले ओरेन्टललाई समस्याग्रस्त सहकारी संस्थामा राखेपछि ऋणीलाई ऋण चुक्ता गर्न समय दिएको र उक्त समयमा ऋण चुक्ता नगरेकाले ऋणीको जग्गा लिलामी गरेको हो ।

शुक्रबार सहकारीले एक सुचना जारी गर्दै संस्था र व्यक्तिको गर्दै कुल ६० कित्ता जग्गा लिलामीमा निकालेको हो । सरकारले सहकारी ऐन २०७४ को दफा १०४ को उपदफा ३ बमोजिम उक्त संस्थालाई २०७४ कात्तिक ३० गते समस्याग्रस्त सहकारी संस्था घोषणा गरेको थियो ।

उक्त जग्गाको लिलाममा भाग लिन चाहने इच्छुक व्यक्ति, फर्म वा संस्थाले ३५ दिनभित्र फाराम भर्नु पर्नेछ । उक्त फारमको लागि लिलामीमा भाग लिन चाहानेले समितिको अनामनगर स्थित कार्यालयमा फारम बुझाउनुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL