Logo

दुई माइक्रोफाइनान्सलाई सेयर निष्काशन गर्न धितोपत्र बोर्डको स्वीकृति, कसको कति कित्ता ?

दुई माइक्रोफाइनान्सलाई सेयर निष्काशन गर्न धितोपत्र बोर्डको स्वीकृति, कसको कति कित्ता ?



काठमाण्डौ । धितोपत्र बोर्डले लघुवित्त कम्पनीलाई प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्न स्वीकृति दिएको छ । बोर्डले हिजो र आज गरी दुई लघुवित्त कम्पनीलाई आइपीओ निश्कासनको अनुमति दिएको छ ।

बोर्डले बिहीबार आँधीखोला लघुवित्त वित्तीय संस्था लिमीटेड र शुक्रबार घोडाघोडी लघुवित्त वित्तीय संस्था लिमीटेडलाई आइपीओ निश्कासनको अनुमति दिएको हो ।

भिरकोट १, बयरघारी, स्याङ्जामा केन्द्रीय कार्यालय रहेको आँधीखोला लघुवित्त वित्तीय संस्था लिमीटेडलाई बोर्डले ४ करोड रुपैयाँ बराबरको आइपीओ निश्कासनको अनुमति दिएको हो । कम्पनीले आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकका लािग एनआइबिएल एस क्यापिटल लिमीटेडलाई नियुक्त गरेको छ ।

यसैगरी बोर्डले घोडाघोडी लघुवित्त वित्तीय संस्थालाई १ करोड ३२ लाख ६ हजार रुपैयाँ बराबरको आइपीओ निश्कासनको अनुमति दिएको छ । सो कम्पनीले आज मात्रै आईपीओ निष्काशनको लागि अनुमति पाएको हो ।

सो कम्पनीले आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL