Logo

काठमाण्डौं जोड्ने द्रुतमार्ग र विशेष आर्थिक क्षेत्र तत्काल निर्माण पुरा गर्न माग, मध्यतराईस्तरीय सहकारी सरोकार समिति गठन

काठमाण्डौं जोड्ने द्रुतमार्ग र विशेष आर्थिक क्षेत्र तत्काल निर्माण पुरा गर्न माग, मध्यतराईस्तरीय सहकारी सरोकार समिति गठन


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददात

laxmi

३० फागुन,काठमाडौं । बहुचर्चित राष्ट्रिय गौरवका आयोजना तथा सम्भावना बोकेका विभिन्न निर्माण कार्य तत्काल अगाडी बढाउन सहकारीकर्मीहरुले माग गरेका छन् । प्रस्तावित दोस्रो अन्तरराष्ट्रिय बिमानस्थल, काठमाण्डौं जोडने द्रुतमार्ग र विशेष आर्थिक क्षेत्र निर्माण कार्य तत्काल अघि बढाउन मध्यतराईका सहकारीकर्मीहरुले माग गरेका हुन् ।

निजगढमा आयोजित मध्यतराईका ६ जिल्लाका सहकारीकर्मीहहरुको भेलाले हालै सरकारले तार जाली लगाउन दिएको निर्र्देशनको समेत स्वागत गरेका छन् । बारा जिल्ला बचत तथा ऋण सहकारी संघको आयोजनामा सम्पन्न कार्यक्रममा नेफ्स्कूनका महासचिव परितोष पौड्यालले राष्ट्रिय गौरवका आयोजनाहरु, विकास निर्माण र सामाजिक न्यायमा सहकारीको सरोकारको विषय बनेकोले पुरा गर्नका लागि राज्य र सरोकारवालासंग मांग गरे ।

सो अवसरमा संयोजक कृष्ण पौडेलले समथर भूभाग, पूर्व पश्चिम विस्तारित र ठुलो रनवेका कारण यसलाई नेपालको हवाई आवागमनको गन्तव्यको रुपमा मात्रै नभएर क्षेत्रीयस्तरको अन्तरराष्ट्रिय ट्रान्जिट प्वाइन्ट बनाउन सकिने प्रशस्त सम्भावनाहरु रहेको बताए । साथै तत्काल काठमाण्डौं र मध्यतराईकेन्द्रीत विभिन्न दवावमूलक कार्यक्रमको संयोजन गरिने जानकारी दिए ।

भेलाले नेफ्स्कूनका सञ्चालक कृष्ण पौडेलको संयोजकत्वमा ५१ सदस्यीय सहकारी सरोकार समितिसमेत गठन गरेको छ ।

समितिमा सहसंयोजकहरुमा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्षहरु भोला गौतम (बारा), राजेश पण्डित (पर्सा), खडग बमजन (रौतहट), बाबुराम घिमिरे (सर्लाही), कृष्ण सिंह (महोत्तरी) र ध्रुवनारायण यादव (धनुषा) रहेका छन । त्यसैगरी जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष नारायण बर्तौला, साना किसान कृषि सहकारी संघका अध्यक्ष शिव अधिकारी, जिल्ला मत्स्य उत्पादक सहकारी संघका अध्यक्ष ओमप्रकाश ठाकुरलगायत निजगढ नगरपालिकामा रहेका सबै सहकारी संस्थाका अध्यक्षहरु रहेका छन ।

कार्यक्रममा बाराका टेकप्रसाद चौलागाई काठमाण्डौं जिल्ला सहकारी संघका अध्यक्ष्ँमा निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL