Logo

सिटिजन्स बैंक र स्पार्क हेल्थ होम हस्पिटलबीच सम्झौता, सिटिजन्सका ग्राहकलाई विशेष छुट

सिटिजन्स बैंक र स्पार्क हेल्थ होम हस्पिटलबीच सम्झौता, सिटिजन्सका ग्राहकलाई विशेष छुट



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र स्पार्क हेल्थ होम हस्पिटल बीच बैंकका ग्राहकहरुलाई हस्पिटलको सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

laxmi

यस सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट, क्रेडिट, प्रिभिलेज कार्डवाहक र खाता भएका ग्राहकमहानूभावहरुले स्पार्क हेल्थ होम हस्पिटलमा उपचार गराउँदा तथा अन्य सेवा लिंदा विशेष छुट पाउनेछन् ।

यो सेवा स्पार्क हेल्थ होम हस्पिटलका काठमाडौं उपत्यकाका चारवटै शाखा कार्यालय (चावहिल, सतुंगल, भक्तपुर र सोल्टीमोड) बाट उपलब्ध हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL