Logo

आजदेखि दुईवटा हात्ती भएको १ हजार रुपैयाँको नयाँ नोट चलनचल्तीमा, अरु के-के छन फरक ?

आजदेखि दुईवटा हात्ती भएको १ हजार रुपैयाँको नयाँ नोट चलनचल्तीमा, अरु के-के छन फरक ?



काठमाडौं । नेपाल राष्ट्र बैंकले आजदेखि एक हजार रुपैयाँको नयाँ नोट चलनचल्तीमा ल्याएको छ । नयाँ नोटमा चितवनको हात्तीसारमा जन्मिएका जुम्ल्याहा हात्ती राम लक्ष्मणको चित्र राखिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

यसअघिको नोटमा एउटा मात्र हात्तीको तस्बिर थियो । हात्तीबाहेक नोटमा अरु केही पनि फरक नहुने पनि बैंकले जानकारी दिएको छ ।

नोटको बायाँतर्फ सगरमाथाको चित्र रहेको छ । नयाँ नोटमा राष्ट्र बैंकका पूर्व गभर्नर डाक्टर चिरञ्जीवी नेपालको हस्ताक्षर छ ।

प्रतिक्रिया दिनुहोस्
MBL