Logo

नेपाल बैंकको सस्तो ब्याजदरमा घरकर्जा सुविधा, ८ प्रतिशत ब्याजदरमा ५ बर्षका लागि कर्जा लिन सकिने

नेपाल बैंकको सस्तो ब्याजदरमा घरकर्जा सुविधा, ८ प्रतिशत ब्याजदरमा ५ बर्षका लागि कर्जा लिन सकिने



काठमाडौं । नेपाल बैंकले कम ब्याजदरमा ५ बर्षे घर कर्जा प्रदान गर्ने भएको छ । बैंकले बजारको माग र चाहना बमोजिम नेपालको बैंकिङ बजारमा कम ब्याजदर हुनेगरी पाँच बर्ष अबधिका लागी ७ दशमलव ९९ प्रतिशत ब्याजदरमा घरकर्जा प्रदान गर्ने भएको हो ।

laxmi

घर निर्माण, घर खरिद तथा तला थप गर्न यस प्रकारको कर्जा प्रदान गरिनुका साथै अन्य बैंकमा रहेको घरकर्जा समेत स्वाप गर्ने सुविधा रहेको बैंकले जानकारी दिएको छ । बैंकका अनुसार यसको अतिरिक्त बैंकले नयाँ लघु उद्यम कर्जा, सम्बृद्घ ब्यबशाय कर्जा र घडेरी कर्जा योजनाहरु समेत सार्वजनिक गरेको छ ।

लघु उद्यम कर्जा तथा सम्बृद्घ ब्यबशाय कर्जा को वार्षिक ब्याजदर ८ दशमलव ९९ प्रतिशत रहेको छ । यस्तै उक्त ब्याजदर पनि उक्त प्रकृतिका कर्जाहरुमा बंैकिङ क्षेत्रकै न्युन ब्याजदर रहेको बैंकका दावी छ । यस प्रकारका कर्जाहरु प्राप्त गर्नका लागी सम्बन्धित निकायमा दर्ता भई नियमित रुपमा सञ्चालन भएका वा नयाँ सञ्चालन हुने क्रममा रहेका उद्योग वा व्यापार/व्यवसाय सञ्चालन तथा विस्तारको निमित्त २५ लाख देखी ९९ लाख रुपैयाँसम्मको लागी लघु उद्यम कर्जा लिन सकिने छ । साथै १ करोड देखी ३ करोड रुपैयाँसम्मको चालु तथा स्थिर पूँजी ब्यबस्थापनका लागी सम्बृद्घ ब्यबशाय कर्जा लिन सकिने बैंकले जानकारी दिएको छ ।

दुबै प्रकारका कर्जाहरु अन्र्तगत व्यवसायलाई आवश्यक पर्ने संरचना निर्माण, यन्त्र वा उपकरण, फर्निचर तथा फिक्स्चर्स खरिद गर्न स्थिर पूँजीकर्जा र चालु सम्पत्ती व्यवस्थापनको लागि चालु पूँजिकर्जा प्रदान गर्न सकिनेछ । लघु उद्यम कर्जा ग्राहकले आवश्यक सम्पूर्ण कागजात पेश गरेकोे ७ कार्य दिन भित्र निर्णय गरी प्रदान गर्न सकिने व्यवस्था रहेको छ ।

बंकले घडेरी खरिद गरी घर निर्माण गर्ने उपभोक्तालाई लक्षित गरी बैंकले घडेरी कर्जा पनि ल्याएको छ, जस्को वार्षिक ब्याजदर ९ दशमलव ९९ प्रतिशत रहेको छ । घडेरी जग्गा खरिद गर्न र अन्य बैंक तथा वित्तिय संस्थाबाट लगानी भएको सोही प्रकारको कर्जा स्वाप गरी ग्राहकको आवसिय आवश्यकता पूरागर्न यो कर्जाको सुरुवात गरिएको हो । यस कर्जा अन्तर्गत खरिद गरिने घडेरी जग्गा कम्तिमा साढे दुई आना वा साढे चार धुर देखी बढीमा एक रोपनी वा डेढ कट्ठा सम्म क्षेत्रफल भएको हुनुपर्नेछ । यो कर्जाको अबधि ५ बर्ष देखी २० वर्ष सम्म कायम गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL