Logo

मुक्तिनाथ विकास बैंकको स्वतन्त्र सञ्चालकमा शर्मा नियुक्त, व्यवस्थापन विज्ञको रुपमा शर्मा परिचित

मुक्तिनाथ विकास बैंकको स्वतन्त्र सञ्चालकमा शर्मा नियुक्त, व्यवस्थापन विज्ञको रुपमा शर्मा परिचित



काठमाडौं । मुक्तिनाथ विकास बैंक लिको संचालक समितिले श्यामसुन्दर शर्मालाई बैंकको स्वतन्त्र संचालकमा नियुक्त गरेको छ ।

नेपाल सरकारको उच्च पदमा रही विभिन्न मन्त्रालय अन्तर्गत करिव ३९ वर्ष कार्य गरी सकेका शर्मालाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १४ (३) बमोजिम नियुक्त गरेको बैंकले जनाएको छ ।

नेपालमा व्यवस्थापन विज्ञको रुपमा शर्मा परिचित छन् र साथै, विभिन्न दातृ निकायहरुमा नीतिगत परामर्शदाताको रुपमा कार्य गर्दै आएका छन् । उनले लिभरपुल विश्वविद्यालय, बेलायतबाट तथा त्रिभुवन विश्वविद्यालयबाट सार्वजनिक प्रशासन विषयमा स्नातकोत्तर तह र सर्रे विश्वविद्यालय, बेलायतबाट पर्यटन व्यवस्थापन विषयमा अध्ययन गरेका छन् ।

मुक्तिनाथ विकास बैंकले हाल ४२ जिल्लामा १३७ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत, निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आईरहेको छ । साथै, प्रविधिमा आधारित रही मोबार्ईल बैंकिङ्ग, क्यूआर पेमेन्ट, एटिएम, अनलाईन बैंकिङ्ग लगायतका सेवाहरु पनि प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL