Logo

सिद्धार्थ बैंकको ९.५ प्रतिशत व्याजमा नै मझौला व्यवसायलाई कर्जा, यस्ता छन् अन्य सुविधा

सिद्धार्थ बैंकको ९.५ प्रतिशत व्याजमा नै मझौला व्यवसायलाई कर्जा, यस्ता छन् अन्य सुविधा



काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले साना तथा मझौला व्यवसायलाई लक्षित गर्दे एसएमई कर्जा (साना तथा मझौला कर्जा) मा आकर्षक योजना ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकहरुले नौ दसमलव पाँच (९.५) प्रतिशत वार्षिक ब्याजदरमा नै एसएमई कर्जा प्राप्त गर्न सक्नेछन ।

कोभिड–१९ महामारीले अर्थव्यवसायमा परिरहेको असहज परिस्थितिमा पनि कर्जा सुविधालाई सहजीकरण गर्न उद्देश्यले ‘जस्तो सुकै परिस्थिति होस्, नरोकियोस् केहि गर्ने जोस’ नारा सहित यो योजना ल्याएको छ ।

सिमित अवधिको लागि ल्याइएको यस योजनाबाट सम्बन्धित सबै पक्षले लाभ लिन सक्ने बैंकले अपेक्षा लिएको छ । यस योजनाले देशको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेका साना तथा मझौला व्यवसायहरुलाई टेवा पु¥याउने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL