Logo

सनराइज बैंकको सरल किस्ताबन्दीमा कर्जा योजना, ४० बर्षका लागि ८.९५ % ब्याजमा घरकर्जा

सनराइज बैंकको सरल किस्ताबन्दीमा कर्जा योजना, ४० बर्षका लागि ८.९५ % ब्याजमा घरकर्जा



काठमाडौं । सनराइज बैंकले आफ्ना ग्राहकहरुलाई आकर्षक व्याजदरमा कर्जा प्रवाह गर्ने योजना सहित सहज तथा सरल किस्ताबन्दीमा घर निर्माण, घर तथा जग्गा खरिद र सेयरको धितोमा कर्जा दिने व्यवस्था गरेको छ ।

सनराईज घर कर्जा अन्तर्गत सेवाग्राहीले ४० वर्षसम्मको अवधिका लागि ८ दशमलव ९५ प्रतिशत ब्याजदरमा घर जग्गा कर्जा लिन पाउनेछन् । यसै गरी बैंकले शेयर धितो कर्जामा ९ दशमलव ९५ प्रतिशत ब्याजदरमा कर्जा प्रवाह गर्ने जनाएको छ ।

कोभिड १९ ले अर्थव्यवस्थामा परिरहेको असहज परिस्थितिका बावजुत पनि कर्जा सुबिधालाई सहजीकरण गर्ने उद्देश्यले बैंकले यो योजना ल्याएको हो ।

कर्जा लिन चाहने ग्राहकहरुले विना झन्झट छिटो छरितो कर्जा प्राप्त गर्न सक्नेछन् । ग्राहक महानुभावहरुले देशका १३४ स्थानमा फैलिएको सनराईज बैंकका शाखाहरुबाट यो सुविधा उपभोग गर्न सक्ने बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL