Logo

सनराइज बैंकले सानो व्यवसायका लागि १ करोडसम्मको कर्जा दिने, बार्षिक ब्याजदर ९.९५ प्रतिशत

सनराइज बैंकले सानो व्यवसायका लागि १ करोडसम्मको कर्जा दिने, बार्षिक ब्याजदर ९.९५ प्रतिशत



काठमाडौं । सनराईज बैंकले आफ्ना ग्राहकलाई सनराईज सरल एसएमई कर्जा उपलब्ध गराउने भएको छ । बैंकले आफूसँग ज्ञान, सीप, क्षमता र उद्यमशीलता भएका तर पूँजीको अभावले उद्यम तथा व्यवसाय सञ्चालन तथा विस्तार गर्न असमर्थ साना व्यवसायीलाई सहज तथा सरल ढङ्गले तत्कालै कर्जा उपलब्ध गराउने ९ दशमलव ९५ प्रतिशत वार्षिक ब्याज दरमा उक्त कर्जा दिने भएको हो । उक्त योजना अन्र्तगत ग्राहकले कर्जा लिन आवश्यक सम्पूर्ण कागजात बैंकमा पेश गरेको २४ कार्य घण्टामै ग्राहकलाई कर्जा प्रवाह गरिने व्यवस्था मिलाइएको छ ।

बैंकको उक्त व्यवस्था अन्र्तगत ग्राहकले एक करोड सम्मको कर्जा सहुलियत ब्याज दरमा प्राप्त गर्न सक्नेछन् । यस्तै बैंकले कर्जाको लागि प्रचलित धितो आवश्यकताको लागि समेत केहि छुट प्रदान गर्नका साथै यस्तो सुविधा उपयोग गर्ने व्यवसायसँग सम्बन्धित व्यक्तिहरुले निशुल्क क्रेडिट कार्डको सुविधा समेतको लाभ उठाउन सक्नेछन् ।

साना तथा मझौला उद्यमीको लागि कर लेखा तथा अन्य व्यवसायिक दक्षता अभिवृद्घिको निमित विभिन्न किसिमका परामर्श सेवा समेत उपलब्ध गराउँदै आएको जनाइएको छ । यो सुविधा देशका विभिन्न स्थानमा फैलिएका यस बैंकको १३४ शाखाहरूबाट ग्राहकले लिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL