Logo

राष्ट्र बैंकका विभाग र कार्यालयहरुको नाम परिवर्तन, कुन-कुन विभाग र कार्यालयको नाम परिवर्तन भयो ?

राष्ट्र बैंकका विभाग र कार्यालयहरुको नाम परिवर्तन, कुन-कुन विभाग र कार्यालयको नाम परिवर्तन भयो ?



काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारदेखि लागु हुने गरि विभिन्न विभागहरुको नाम परिवर्तन गरेको छ । राष्ट्र बैंकले आफ्ना ७ वटा विभागहरुको नाम बदलेको हो । राष्ट्र बैंकका अनुसार सामान्य सेवा विभागको नाम अब सम्पति तथा सेवा व्यवस्थापन विभाग भएको छ भने अनुसन्धान विभागको नाम आर्थिक अनुसन्धान विभाग कायम गरिएको छ ।

यसैगरी लघुवित्त प्रवद्र्धन तथा सुपरिवेक्षण विभागको नाम लघुवित्त संस्था सुपरिवेक्षण विभाग मात्रै कायम भएको छ । संस्थागत योजना विभागको नाम पनि अब संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभाग राखिएको छ ।

बैंकिङ कार्यालयलाई बैंकिङ विभाग बनाइएको छ । सूचना प्रविधि विभागलाई सूचना प्रविधि महाशाखा बनाइँदा उपत्यका बाहिरका कार्यालयहरुलाई प्रदेशस्थित कार्यालयहरु बनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL