Logo

क्रस होल्डिङमा रहेका बैंकलाई मर्जरमा लगिने, मर्जरलाई प्रोत्साहन गर्न ४ सुविधा थपियो

क्रस होल्डिङमा रहेका बैंकलाई मर्जरमा लगिने, मर्जरलाई प्रोत्साहन गर्न ४ सुविधा थपियो



काठमाडौं । नेपाल राष्ट्र बैंकले एउटै समुहबाट प्रवद्र्धित बैंक तथा वित्तीय संस्थालाई मर्जरमा लैजाने भएको छ । राष्ट्र बैंकले बिग मर्जरलाई स्वेक्षिक गर्दै क्रस होल्डिङ भएका बैंक तथा वित्तीय संस्थालाई मर्जरमा लैजाने निर्णय गरेके हो । घोषित वा अघोषित रुपमा एउटै व्यक्ति वा समुहले प्रवद्र्धित गरेका बैंक वित्तीय संस्थालाई मर्जरमा लैजान भएको हो ।

तर राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै मर्जरलाई प्रोत्साहन गर्दैै २०७८ सम्म मर्जरमा गएर एकिकृत कारोबार गरे २०७९ सम्म थप ४ सुविधा दिइने भएको छ । जस अनुसार मर्जरमा गएका संस्थाको सीआरआर आधा प्रतिशत बिन्दु छुट दिने भएको छ । यसैगरी वैधानिक तरलता अनुपातमा एक प्रतिशत बिन्दुले घटाइने भएको छ ।

मर्जरमा गएका संस्थालाई संस्थागत मुद्दतिमा तोकिएको सीमाभन्दा १० प्रतिशत बढि उठाउन पाइने छुट दिइने छ भने बैंक संचालक र प्रमुख कार्यकारी अधिकृत लगायतका कर्मचारीको कुलिङ पिरियडलाई हटाईने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL