Logo

बैंकहरुलाई राष्ट्र बैंकको निर्देशन, बैंकमार्फत कर बुझाउँदा आय विवरण समेत बुझाउन मिल्ने व्यवस्था गर्नु

बैंकहरुलाई राष्ट्र बैंकको निर्देशन, बैंकमार्फत कर बुझाउँदा आय विवरण समेत बुझाउन मिल्ने व्यवस्था गर्नु



काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई कर बुझाउँदा आय विवरण समेत बुझाउन मिल्ने व्यवस्था गर्न निर्देशन दिएको छ । बिहीबारदेखि बैंकमार्फत कर बुझाउदा आय विवरण समेत बुझाउन मिल्ने व्यवस्था गर्न राष्ट्र बैंकले निर्देशन दिएको हो ।

साउन एक गतेदेखि मोबाइल एप्स तथा विद्युतीय माध्यमबाट कर बुझाउन तथा बैंकबाट कर बुझाउदा आय विरवण समेत बुझाउने व्यवस्था गराउन राष्ट्र बैंकले बाणिज्य बैंकलाई निर्देशन दिएको हो ।

राष्ट्र बैंकका निर्देशक रामप्रसाद गौतमले जारी गरेको सर्कुलरमा भनिएको छ, ‘आय विवरण तथा कर दाखिला फारम ९डे १ आय विवरण फारम० भराइ सोही बमोजिम गराउन जानकारी गराउँदछु ।’

यसले अब साना करदाताले मोवाइल एप्स तथा विद्युती माध्यमबाट कर तथा आय विवरण बुझाउन पाउने भएका छन् । आर्थिक वर्ष २०७७र०७८ को बुँदा नम्बर ३३३ मा साना करदाताले (वार्षिक २० लाखसम्मको कारोबार गर्ने) आय विवरण र कर मोवाइल एप्समार्फत तथा अन्य विद्युतीय माध्यममार्फत बुझाउन सक्ने र बैंकमार्फत कर भुक्तानी गर्दा आय विवरण समेत बुझाउने गरी व्यवस्था मिलाइने भनिएको थियो । सोही नीति कार्यान्वयन गर्न राष्ट्र बैंकले बाणिज्य बैंकलाई भनेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL