Logo

सनराइज बैंकको एकैदिन ४ शाखा र १ विस्तारित काउन्टर बिस्तार, डिजिटल माध्यमबाट उद्घाटन

सनराइज बैंकको एकैदिन ४ शाखा र १ विस्तारित काउन्टर बिस्तार, डिजिटल माध्यमबाट उद्घाटन



काठमाडौं । सनराइज बैंकले आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्ने उदेश्यले शाखा विस्तार गरेको छ । आइतबार यस बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याले डिजिटल उद्घाटन समारोहमार्पmत ४ वटा शाखा र १ विस्तारित काउन्टरकोे उद्घाटन गरेका हुन् ।

कोभिड–१९ का कारण पर्न सक्ने सम्भावित असर एवं लकडाउनलाई मध्यनजर गर्दै सम्पूर्ण सुरक्षात्मक उपायहरू अवलम्बन गरी शाखा र विस्तारित काउन्टर सञ्चालनमा ल्याइएको छ । नेपाली जन माझ आफ्नो उपस्थितिलाई दरो बनाउन तथा आम नागरिकलाई अत्यावश्यक वित्तीय सेवाको पहुँच बढाउने उद्देश्यका साथ बैंकले कपन, कान्तिपथ, भंगाल, कुमारीगालमा शाखा र हरिसिद्धीमा विस्तारित काउन्टर सुरु गरेको हो ।

कोरोना भाइरस (कोभिड–१९) महामारी फौलिएको र नेपालमा पनि यसको प्रभाव देखिएको परिपेक्षमा बैंकले परिस्थितीको जटिलतालाई मध्यनजर गर्र्दै डिजिटल माध्यम मार्पmत उद्घाटन गरेको हो ।

आफ्ना शाखाहरु मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न, सम्पूर्ण बैकिंङ्ग सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरुमाझ वित्तीय पहुँच पु¥याँउने लक्ष्य बैंकले राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, एटिएम सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई प्रदान गर्ने प्रतिबद्धता बैंकले व्यक्त गरेको छ ।

हालसम्म सन््राइज बैंकले १३४ वटा शाखा, ४८ वटा शाखारहित बैंकिङ्ग सेवा, १० वटा विस्तारित काउण्टर र १६० वटा ए.टि.एम मार्फत आफ्ना करिब ६ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवाहरm विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरmमा पनि थप शाखा, शाखारहित बैंकिङ्ग, विस्तारित काउन्टर र एटिएमहरm संचालन गर्ने योजना रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL