Logo

कुमारी र देवःको एकीकृत कारोबार आजबाट, कुमारीको चुक्ता पुँजी १२ अर्ब ५० करोड भन्दा बढी

कुमारी र देवःको एकीकृत कारोबार आजबाट, कुमारीको चुक्ता पुँजी १२ अर्ब ५० करोड भन्दा बढी



काठमाडौं । आजबाट कुमारी बैंकले देवः विकास बैंकलाई एक्वायर गरेर एकीकृत कारोबार सुरु गर्दैछ । यससँगै अब कुमारी बैंकको नामबाट एकीकृत कारोबार हुनेछ । दुवै बैंकको जेठ १९ गते सम्पन्न साधारण सभाले प्राप्ति सम्बन्धी प्रस्ताव पारित गरेका थिए ।

यसैगरी दुवै बैंकलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले असार १० गते र कम्पनी रजिष्ट्रार कार्यालयले असार १४ गते अन्तिम स्वीकृति दिएका थिए ।
सम्पति तथा दायित्व मूल्यांकन प्रतिवेदनका आधारमा तय भएको १ः०.८६ सेयर स्वाप रेसियोमा एक्वायर प्रक्रिया सम्पन्न गर्ने कार्यलाई अन्तिम स्वीकृति दिइएको छ ।

यसर्थ, देवःको १०० सय कित्ता सेयर हुनेले अब कुमारीको नाममा ८६ कित्ता सेयर पाउनेछन् । देवःलाई प्राप्ति गरेसँगै कुमारीको चुक्ता पुँजी साढे १२ अर्ब नाघ्ने छ। निक्षेप संकलन १२० अर्ब नाघ्नेछ भने कर्जा लगानी १०५ अर्ब नाघ्नेछ। शाखा सञ्जाल २०९ वटा पुग्नेछ।

राष्ट्र बैंकले मर्जरका लागि दिएको सुविधा उपभोग गर्न पछिल्लो समय वाणिज्य बैंकहरु विकास बैंक तथा फाइनान्स मर्ज तथा एक्वायरलाई तीब पारेका छन्।

प्रतिक्रिया दिनुहोस्
MBL