Logo

स्वास्थ्यको कारण देखाउँदै ग्लोबल आईएमई बैंकबाट बाहिरिए परशुराम कुँवर, कामु सीईओको जिम्मेवारी ढकाललाई

स्वास्थ्यको कारण देखाउँदै ग्लोबल आईएमई बैंकबाट बाहिरिए परशुराम कुँवर, कामु सीईओको जिम्मेवारी ढकाललाई



काठमाडौं । ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्रीले पदबाट राजिनामा दिएका छन् । उनले आफ्नो स्वास्थ्यमा समस्या भएपछि असार १ गते बैंक संचालक समिति समक्ष राजिनामा दिएका थिए ।

laxmi

उनको राजिनामालाई संचालक समितिले साउन १ गतेबाट लागू हुनेगरी स्वीकृति गरेसँगै बैंकबाट बाहिरिएका हुन् । उनले आफ्नो स्वास्थ्यमा समस्या देखिएको र आराम गर्नुपर्ने भन्दै पदबाट राजिनामा दिएका हुन् ।

तत्कालनि जनता बैंक र ग्लोबल आईएमई बैंक एक आपसमा मर्जर भएसँगै कुँवरले सीईओ पद सम्हाल्दै आएका थिए । सम्झौता अनुरुप आफ्नो सेवा अबधि २०७८ जेठसम्म भएपनि उनले सो समय अगावै पदबाट राजिनामा दिएका हुन् ।

उनले आफ्नो फेसबुकमार्फत स्वाथ्यका कारण साढे ३ दशमको बैंकिङ् करिअरलाई पुर्ण विराम लगाउँदै अबका दिनमा अध्ययन अनुसन्धान, आध्यात्म र बैंकिङ क्षेत्रका कर्मचारीलाई तालिम दिनमा केन्द्रित हुने बताएका छन् ।

उनको राजिनामासँगै बैंक संचालक समितिले अर्को व्यवस्था नहुन्जेलसम्मका लागि महेश ढकाललाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ । ढकालले यस अघि पनि बैंकको कामु सीईओको जिम्मेवारी सम्हालेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL