Logo

एनआईसी एशियाको आकर्षक योजनाको समय सकिँदै, यसरी लिनुहोस फाईदा

एनआईसी एशियाको आकर्षक योजनाको समय सकिँदै, यसरी लिनुहोस फाईदा



काठमाडौं । एनआईसी एशिया बैंकले सार्वजनिक गरेको आकर्षक ब्याजदर नामक योजनामा भाग लिने समय अब ८ दिनमात्रै बाँकी रहेको जनाएको छ । बैंकले असार मसान्तसम्म कर्जाका सावाँ तथा ब्याजको बक्यौता तिरेमा साउन देखि कर्जाको ब्याजदर ९ दशमलव ९९ प्रतिशत गर्ने बताएको थियो ।

laxmi

सोही अनुसार उक्त योजनामा भाग लिने म्याद केहीदिन मात्रै बाँकी रहेकाले योजनामा भाग लिन बैंकले आह्वान गरेको छ । बैंकबाट मासिक तथा त्रैमासिक किस्ताबन्दी कर्जाहरूका साथै चालूपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरू लगायत बैंकबाट प्रवाह भएका कुनै पनि कर्जाहरू उपभोग गरेका ग्राहकले उक्त योजनामा भाग लिन सक्नेछन् ।

बैंकले राष्ट्र बैंकको निर्देशन अुनसार चैत्र मसान्तसम्म कायम ब्याजदरमा २ प्रतिशत ब्याज सहुलियत तत्काल कार्यान्वयन गर्दै उक्त २ प्रतिशत ब्याज सहुलियतको अलावा ऋणीहरूले वैशाख तथा जेष्ठ महिनासम्ममा तिर्नुपर्ने सम्पूर्ण किस्ता वा ब्याज रकम क्रमशः वैशाख तथा जेष्ठ मसान्तभित्र पूर्ण रुपमा चुक्ता भुक्तान गरेमा सम्पूर्ण ब्याज रकममा थप १० प्रतिशत छुट गर्ने बताएको थियो ।

यस्तै जरिवाना ब्याजको शतप्रतिशत रकम छुटको योजना ल्याएको समेत ल्याएको थियो । बैंकले हाल ३२६ शाखा कार्यालयहरू, ४६४ एटिएम, १०१ वटा एक्स्टेन्सन काउण्टर एवं ६१ वटा शाखा रहित बैंकिङ्गमार्फत सेवा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL