Logo

पूँजी बजार अध्ययन उपसमितिको प्रतिवेदन, बैंकलाई ब्रोकर लाईसेन्स दिन राखियो ११ सर्त

पूँजी बजार अध्ययन उपसमितिको प्रतिवेदन, बैंकलाई ब्रोकर लाईसेन्स दिन राखियो ११ सर्त



काठमाडौं । पूँजी बजार अध्ययन उपसमितिले बैंकलाई ब्रोकर लाईसेन्स दिनका लागि विभिन्न ११ वटा सर्त राखेको छ । अर्थसमितिका सदस्य रामकुमारी झाक्रीको नेतृत्वमा गठिन पूँजी बजार अध्ययन उपसमितिले बैंकलाई ब्रोकर लाईसेन्स दिनु पूर्व विभिन्न ११ वटा सर्तहरुको विषयमा स्पष्ट पार्नुपर्ने सुझाव सहित प्रतिवेदन बुझाएको छ ।

अहिलेकै अवस्थामा बैंकलाई ब्रोकर लाईसेन्स दिँदा इन्साईडर ट्रेडिङ हुने सम्भावना उच्च रहेको भन्दै लगानीकर्ताको लगानी सुरक्षित गर्न विभिन्न ११ वटा सर्त पुरा गरेर मात्र बैंकको सहायक कम्पनीलाई लाईसेन्स दिनुपर्ने उक्त प्रतिवेदनमा उल्लेख छ । ‘अहिलेको अवस्थामा ब्रोकर कम्पनीलाई मात्र सेयर कारोबारको लागि लाईसेन्स दिँदा पूँजी बजारको विकास नभएको देखियो,’ उक्त प्रतिवेदनमा उल्लेख छ, ‘पूँजी बजारको दायरा फराकिलो बनाउन बैंकलाई ब्रोकर लाईसेन्स दिनुपर्छ तर अहिलेकै अवस्थामा दिँदा इन्साईडर कारोबार हुनेहुँदा त्यसलाई रोक्न थप नयाँ व्यवस्था गरिनुपर्छ ।’

यस्ता छन् ११ सर्त

प्रतिक्रिया दिनुहोस्
MBL