Logo

सनराइज बैंक र अष्ट्रेलिया स्थित रोयल रेमिटबीटबीच सम्झौता, अनलाईनमार्फत नेपालमा रेमिट्यान्स पाईने

सनराइज बैंक र अष्ट्रेलिया स्थित रोयल रेमिटबीटबीच सम्झौता, अनलाईनमार्फत नेपालमा रेमिट्यान्स पाईने



काठमाडौं । सनराइज बैंक र अष्ट्रेलिया स्थित ह्वाईट एभरेष्टद्वारा संचालित रोयल रेमिटबीच सम्झौता भएको छ । उक्त २ कम्पनीबीच अनलाइन माध्यबाट विप्रेषण सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो ।

laxmi

उक्त सम्झौता अनुसार अष्ट्रेलियामा रहेका नेपालीहरुले नेपालमा रहेका आफन्त तथा इष्टमित्रहरुलाई पैसा पठाउन अझ सरल र सुलभ हुने आशा गरिएको कम्पनीले जानकारी दिएको छ । यसरी रोयल रेमिट नेपाल मार्फत पैसा पठाउदा उच्च विनिमय दरमा रकम पठाउन सकिने व्यवस्था समेत गरिएको छ ।

रोयल रेमिट नेपाल मार्फत अष्ट्रेलियाबाट नेपालमा पठाएको पैसा केही मिनेटमै सनराइज बैंकका देशभर रहेका १ सय ३० शाखाहरु तथा बैंकका देशभरी छरिएका १० हजारभन्दा बढी एजेन्ट सञ्जाल मार्फत सजिलै नगद भुक्तानी लिन सकिनेछ ।

साथै बैंक खातावालाको हकमा भने, यो सेवा सनराइज बैंकको खातामा मात्र सिमित नभइ देशका अरु विभिन्न वाणिज्य र विकास बैंकहरुको खाताहरुमा समेत केही मिनेटमै रकम जम्मा गर्न सकिने व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL