Logo

गरिमा विकास बैंकबाट लोन लिएका सार्वजनिक यातायात धनीलाई १ महिनाको ब्याज छुट

गरिमा विकास बैंकबाट लोन लिएका सार्वजनिक यातायात धनीलाई १ महिनाको ब्याज छुट



काठमाडौं । गरिमा बैंकले यात्रुबाहक सवारीसाधन अर्थात सार्वजनिक यातायातका सामग्रीलाई १ महिनाको ब्याज छुट दिएको छ । नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार गरिमा बैंकबाट लोन लिएका सार्वजनिक यातायात धनीलाई १ महिनाको ब्याज छुट गरेको जानकारी दिएको हो ।

laxmi

बैंकले राष्ट्र बैंकले जारी गरेको निर्देशनका साथै अन्य १ महिनाको छुट दिएको बताएको हो । लबडाउनका कारण सार्वजनिक यातायातका सामग्री ग्यारेजमा थन्किएको अवस्थालाई ध्यानमा राख्दै बैंकले उक्त क्षेत्रमा अत्याधिक क्षति पुगेको जानकारी दिएको छ ।

सुरक्षणको रुपमा सम्बन्धित सवारी साधन समेत धितो राखी विकास बैंकले यात्रूवाहक कालो नम्बर प्लेट र पर्यटकको सवारीका लागि प्रयोग हुने हरियो नम्बर प्लेटका सवारी साधन (बस, मिनीबस, माईक्रो बस, जिप र ट्याक्सी लगायत) खरिदका लागि प्रवाह गरेको हायर पर्चेज शीर्षकका कर्जा उपभोग गरेका सेवाग्राहीलाई उक्त छुट दिएको बताएको हो ।

राष्ट्र बैंकले वैशाख, जेठ र असार महिनाको ब्याजदरमा २ प्रतिशत विन्दु दरले दिइएको छुटबाहेक २०७७ आषाढ महिनाको व्याज रकम राहत स्वरुप पूरै छुट दिने निर्णय गरेको बैंकले जानकारी दिएको छ ।

बैंकका अनुसार सेवाग्राहीहरुले २०७७ असार मसान्त भित्र गरिमा विकास बैंकको सम्बन्धित शाखा कार्यालयमा सम्पर्क गरी कर्जा नियमित गराई उक्त सुविधा लिन सक्ने उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL