Logo

मुक्तिनाथ विकास बैंकद्वारा लघु कर्जा लिएका ऋणीलाई राहत, मृतकको क्रण मिनाहा र फिर्ता

मुक्तिनाथ विकास बैंकद्वारा लघु कर्जा लिएका ऋणीलाई राहत, मृतकको क्रण मिनाहा र फिर्ता



काठमाडौं । मुक्तिनाथ विकास बैंकले सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत बैंकको शाखा कार्यालय पार्वतीपुर, चितवनबाट लघु कर्जा लिएका बिष्णुमाया दर्जीको मृत्यु भएकोले निजले उपभोग गरेको क्रणको साँवा र ब्याज बराबरको रकम मिनाहा र फिर्ता गरेको छ ।

बैंकले निजले लिएको बिना धतो कर्जाको भुक्तान गर्न बाँकी रकम रु.२२,४९९ मिनाह गरेको छ । साथै निजले कर्जा लिई भुक्तान गरिसकेको साँवा र ब्याज २०३,४८३ र काजक्रिया खर्च बापतको रकम रु.५,००० समेत गरी जम्मा रु. २,०८,४८३ बैंकको पार्वतीपुर शाखाका शाखा प्रमुख सन्तोष तिवारी र साना तथा लघुबैंकिङ्ग डेस्क प्रमुख ढुण्डराज पौडेलले मृतककी छोरी विनिता दर्जीलाई श्रीमान् बाबुराम दर्जीको रोहोबरमा संयुक्त रुपमा हस्तान्तरण गरेको बैंकका प्रमुख सुचना अधिकारी तिलबहादुर गुरुङ्गले बताए ।

बैंकले समुहमा आवद्ध र बिना धितो कर्जा उपभोग गरेका सदस्यको मृत्यु भएमा बाँकी कर्जा र ब्याज मिनाह गरी भुक्तानी गरिसकेको सावाँ ब्याज फिर्ता गर्नुको साथै काजक्रिया खर्च समेत उपलब्ध गराउँदै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL