Logo

महालक्ष्मी विकास बैंकको सामाजिक उत्तरदायित्व, २ विद्यालयलाई ३ लाख आर्थिक सहयोग

महालक्ष्मी विकास बैंकको सामाजिक उत्तरदायित्व, २ विद्यालयलाई ३ लाख आर्थिक सहयोग



काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्ना २ शाखामार्फत २ विद्यालयलाई आर्थिक सहयोग गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत मकवानपुरको हेटौडा शाखा र टाँडी शाखाले २ विद्यालयलाई गरी ३ लाख १५ हजार रुपैयाँ आर्थिक सहयोग गरेका हुन ।

बैंकको मकवानपुरस्थित हेटौंडा उपमहानगरपालिका अवस्थित श्री आनन्द भैरव आधारभुत विद्यालयमा र चितवनको इच्छाकामना गाँउपालिका वडा न। ७ मा अवस्थित राष्ट्रिय माध्यामिक विद्यालयका विद्यार्थीहरुको लागि शुद्ध पिउने पानी व्यवस्थापनका बैंकले आर्थिक सहयोग गरेको हो ।
असार २ गते बैंकको हेटौंडा शाखामा सम्पन्न कार्यक्रमबीच बंैकका शाखा प्रबन्धक शम्भु प्रसाद पराजुलीले रोटरी क्लब अफ हेटौंडाका अध्यक्ष ईन्द्र प्रसाद नेपाल लाई १ लाख ५० हजार रुपैयाँको चेक हस्तान्तरण गरेका हुन ।

यस्तै असार ८ गते रोयल सेन्चुरी होटलमा सम्पन्न एक कार्यक्रमका बीच शाखाका प्रबन्धक श्याम बाबु तिमिल्सिनाले रोटरी क्लब अफ नारायणी मिडटाउनका अध्यक्ष अशेष भण्डारीलाई १ लाख ६५ हजार रुपैयाँको चेक हस्तान्तरण गरेका थिए । बैंकले हाल १ सय २ वटा शाखाहरुमार्फत सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL