Logo

आजबाट बैंक तथा वित्तीय संस्थाहरु लकडाउन अघिकै अवस्थामा नियमित रुपमा सञ्चालन हुने, यस्तो छ व्यवस्था

आजबाट बैंक तथा वित्तीय संस्थाहरु लकडाउन अघिकै अवस्थामा नियमित रुपमा सञ्चालन हुने, यस्तो छ व्यवस्था



काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारदेखि बैंक तथा वित्तीय संस्थाहरु नियमित रुपमा सञ्चालन हुने जनाएको छ ।

आइतबार सूचना जारी गर्दै नेपाल राष्ट्र बैंकले सरकारको निर्णयअनुसार राष्ट्र बैंकबाट इजाजतपत्र बैंक तथा वित्तीय संस्था असार १ गतेदेखि साबिकै समयमा सञ्चालनमा आउने जनाएको हो ।

राष्ट्र बैंकले आवश्यकताअनुसार ‘सिफ्ट’अनुसार कामको व्यवस्था गरी बिहान ८ देखि साँझ ६ बजेसम्म कार्यालय सञ्चालन गर्न सकिने जनाएको छ ।

बैंकका कर्मचारी तथा सेवाग्राहीहरुले स्वास्थ्य सुरक्षाका उपायहरु अनिवार्य रुपमा अवलम्बन गर्नुपर्ने राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL