Logo

सोमबारदेखि साविककै अवस्थामा बैंक खोल्न राष्ट्र बैंकको निर्देशन, यस्ता छन् अपनाउनु पर्ने न्युनतम सुरक्षा मापदण्ड

सोमबारदेखि साविककै अवस्थामा बैंक खोल्न राष्ट्र बैंकको निर्देशन, यस्ता छन् अपनाउनु पर्ने न्युनतम सुरक्षा मापदण्ड



काठमाडौं । भोलि अर्थात सोमबारदेखि बैंक तथा वित्तीय संस्थाहरु साविककै अवस्थामा खुल्ने भएका छन् । नेपाल राष्ट्र बैंकले आईतबार एक सर्कुलर जारी गर्दै साविककै अवस्थामा बैंक तथा वित्तीय संस्थाहरु खोल्न निर्देशन दिएको हो ।

राष्ट्र बैंकले जारी गरेको सर्कुलरमा सबै बैंक तथा वित्तीय संस्थाहरुले लकडाउन अगिकै जसरी कार्यालयहरु संचालगन गर्न पाउनेछन् । तर बढी भिडभाड हुने क्षेत्रमा भने नेपाल सरकारले लागु गरेको विहान ८ बजेदेखि साँझ ६ बजेसम्म २ सिफ्टमा कार्यालय संचालन गर्नुपर्ने सर्कुलरमा उल्लेख छ ।

स्वास्थ्य सुरक्षाको न्युनतम मापदण्ड अपनाएर कार्यालय संचालन गर्न पनि राष्ट्र बैंकले निर्देशन दिएको छ । यस्तै विद्युतीय कारोवारलाई विशेष प्राथमिकता दिन समेत राष्ट्र बैंकले निर्देशन दिएको छ । जेठ २८ को मन्त्रिपरिषद बैठकले कार्यालयहरु २ सिफ्टमा संचालन गर्न पाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL