Logo

राष्ट्र बैंकमा ५ कार्यकारी निर्देशकको सरुवा, कसलाई कुन विभागको जिम्मेवारी ?

राष्ट्र बैंकमा ५ कार्यकारी निर्देशकको सरुवा, कसलाई कुन विभागको जिम्मेवारी ?



काठमाडौं । नेपाल राष्ट्र बैंकका ५ जना कार्यकारी निर्देशकको जिम्मेवारी हेरफेर भएको छ । महाप्रसाद अधिकारी गभर्नरका रुपमा जिम्मेवारी सम्हालेपश्चात पहिलो पटक ५ जना कार्यकारी निर्देशकहरुको सरुवा गरेका हुन् ।

जसअनुसार कार्यकारी निर्देशकहरु विश्रुत थापा, भुवन कँडेल, पिताम्बर भण्डारी, रेवती नेपाल र रामु पौडेलको जिम्मेवारी हेरफेर गरिएको छ ।

नयाँ जिम्मेवारीसँगै वित्त कम्पनी सुपरीवेक्षण विभागमा रहेका रामु पौडेललाई जनशक्ति व्यवस्थापन विभागको जिम्मा दिइएको छ भने जनशक्ति व्यवस्थापन विभागमा रहेका पिताम्बर भण्डारीलाई वित्त कम्पनी सुपरीवेक्षणमा पठाइएको छ ।

आन्तरिक लेखापरीक्षण विभागमा रहेका भुवन कँडेललाई भुक्तानी प्रणाली विभागमा पठाईएको छ । यसैगरी भुक्तानी प्रणाली विभागका रेवती नेपाललाई मुद्रा व्यवस्थापन विभागको जिम्मा दिइएको छ । मुद्रा व्यवस्थापन विभागका विश्रुत थापालाई आन्तरिक लेखापरीक्षण विभागको जिम्मेवारी दिईएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL