Logo

स्ट्यान्डर्ड चाटर्ड बैंकद्वारा कोरोना कोषमा सहयोग, एक करोड १६ लाख सहयोग रकम हस्तान्तरण

स्ट्यान्डर्ड चाटर्ड बैंकद्वारा कोरोना कोषमा सहयोग, एक करोड १६ लाख सहयोग रकम हस्तान्तरण



काठमाडौं। सरकारले स्थापना गरेको कोरोनाभाइरस नियन्त्रण, उपचार तथा राहत कोषमा स्ट्यान्डर्ड चाटर्ड बैंकले एक करोड १६ लाख रुपैयाँ सहयोग गरेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अर्निभन घोष दस्तीदर र ब्रान्ड मार्केटिङका प्रमुख प्रनु सिंहले आइतबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई रकम हस्तान्तरण गरे ।

रकम हस्तान्तरण गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत दस्तीदरले कोरोनाको महामारी नियन्त्रणका लागि उक्त रकमले सहयोग गर्ने बताए ।

स्टान्डर्ड चाटर्ड ग्रुपले यसअघि नै कोरोनाभाइरसविरुद्ध लड्नका लागि छ अर्ब बढीको विश्वव्यापी राहत कोषको घोषणासमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL