Logo

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सामाजिक उत्तरदायित्व, कोरोना कोषमा २५ लाख रुपैयाँ सहयोग

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सामाजिक उत्तरदायित्व, कोरोना कोषमा २५ लाख रुपैयाँ सहयोग



काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषलाई २५ लाख रुपैयाँ सहयोग गरेको छ । उक्त सहयोग रकम बराबरको चेक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायणप्रसाद विडारीलाई बैंकका नायव प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डेले हस्तान्तरण गरेका छन ।

laxmi

मुलुक भित्र तथा मुलुक बाहिरबाट दीर्घकालिन श्रोत संकलन गरी पूर्वाधारका परियोजनाहरुलाई आवश्यक पर्ने श्रोत उपलब्ध गराउने उद्देश्यसहित स्थापना भएको बैकको हाल अधिकृत पूँजी ४० अर्ब, जारी पूँजी २० अर्ब र चुक्ता पूँजी १२ अर्ब रुपैयाँ रहेको छ ।

बैंकले निकट भविष्यमा सर्वसाधारणहरुलाई सेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात चुक्ता पूँजी २० अर्ब रुपैयाँ पुग्ने छ । बैंकले आव २०७६-७७ को तेस्रो त्रयमासमा ५९ करोड ६४ लाख २८ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको वित्तीय विवरण प्रकाशित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL