Logo

सिभिल बैंक र सेलपेबीच सहकार्य, सेलपेमार्फत रकमान्नतर गर्न सकिने

सिभिल बैंक र सेलपेबीच सहकार्य, सेलपेमार्फत रकमान्नतर गर्न सकिने



काठमाडौं । सिभिल बैंक र सेलपेबीच सहकार्य भएको छ । उक्त सहकार्य अनुसार बैंकका ग्राहकले सेलपेमा आवद्ध गरिएका अन्य बैंकमा वा त्यहाँबाट सिभिल बैंकको खातामा दर्ता गरिएको मोबाइल नम्बरमार्फत रकम स्थानान्तरण गर्न सक्ने छन् ।

सो सहकार्य सम्झौतामा बैंकका उप प्रमुख कार्यकारी अधिकारी सुनिल कुमार पोखरेल र सेलकम प्रालिका प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरेका छन् । ग्राहकहरुले सेलपे भुक्तानी सेवा रहेका स्थानहरुमा सेलपेमार्फत अन्य व्यापारिक भुक्तानी गर्र्न सक्नेछन् ।

साथै मोबाइलको टप–अप, बिजुलीको बिल, खानेपानीको बिल, इन्टरनेटको बिल, टिभीहरुको बिल, स्वदेश भित्र गरिने रेमिटान्स पठाउन(पाउन, बिमा रकम भुक्तानी, इएमआई गर्न सक्नेछन । बैंकले ११३ शाखा, २ एक्सटेन्शन काउण्टर तथा ८५ एटिएममार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL