Logo

बिहीबारदेखि बैंक तथा वित्तीय संस्थाहरुलाई नयाँ नियम : के गर्न पाइन्छ, के पाइँदैन ?

बिहीबारदेखि बैंक तथा वित्तीय संस्थाहरुलाई नयाँ नियम : के गर्न पाइन्छ, के पाइँदैन ?



काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुलाई बिहीबारदेखि नेपाल राष्ट्र बैंकले नयाँ व्यवस्था लागू गर्ने भएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई बिहीबारदेखि
सिमित कार्यालय मात्र खोल्न निर्देशन दिएको छ । यसअघि बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बैंकहरुलाई अलिक सहज बनाएको थियो । त्यसपछि बैंकका प्रायः सबै शाखा सन्चालनमा आइसकेका थिए ।

तर, बैंकका कर्मचारी पनि जोखिममा हुने र सडकमा पनि भीडभाड बढेको गुनासो आएपछि राष्ट्र बैंकले बैंकहरुलाई सबै शाखा कार्यालय नखोल्न बैंकहरुलाई निर्देशन दिएको छ ।

बैंकका शाखाहरु खोल्नका लागि अब राष्ट्र बैंकले केही पासहरु पनि उपलब्ध गराएको छ । अब खुल्ने शाखाका कर्मचारीहरुले पनि त्यही पासको आधारमा मात्र हिँडडूल गर्न पाउँछन् ।

राष्ट्र बैंकले लघुवित्तीय संस्थाहरुलाई पनि पाँच वटा पास दिएको बताएको छ । फाइनान्स कम्पनीहरुलाई चाहिँ ८ वटा पास दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL