Logo

लकडाउनमा पनि एनआईसी एसिया बैंकले पस्कियो उत्साहप्रद वित्तीय विवरण, ९ महिनामा कमायो साढे २ अर्ब

लकडाउनमा पनि एनआईसी एसिया बैंकले पस्कियो उत्साहप्रद वित्तीय विवरण, ९ महिनामा कमायो साढे २ अर्ब



काडमाडौं । चालू आर्थिक बर्षको ९ महिनामा एनआईसी एसिया बैंकको नाफा १० प्रतिशतले बढेको छ । बैंकले गत आवको तेस्रो त्रैमाससम्मका कुल २ अर्ब २८ करोड रुपैयाँ खुद नाफा आर्जन गरेकोमा चालू आवको सोही अबधिमा आईपुग्दा २ अर्ब ५० करोड रुपैयाँ कमाउन सफल भएको छ ।

यसैगरी बैंकले चालू आवको तेस्रो त्रैमाससम्ममा कर्जातर्फ २५ अर्ब रुपैयाँले वृद्धि गरी १ खर्ब ७५ अर्ब लगानी गरेको छ भने थप १५ अर्ब रुपैयाँ निक्षेप संलकन गरी १ खर्ब ९६ अर्ब रुपैयाँ पुर्याएको छ ।

बैंकले आफ्नो रणनीति अनुसार कर्जा लगानीलाई न्यून जोखिमका साना तथा मझौला कर्जा र रिटेल कर्जामा विविधिकरण गर्दै आएको जानकारी दिएको छ । बैंकले कुल कर्जा लगानीको ७४ प्रतिशत कर्जा यस्ता क्षेत्रमा गरेको छ । त्यसैगरी प्राथमिकता क्षेत्रमा नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम २५ प्रतिशत कर्जा लगानी पुर्ण रूपले पालना गरेको बताएको छ ।

हाल बैंकको देशभर ३१९ शाखा कार्यालयहरू, ४६१ एटिएम, १०८ वटा एक्स्टेन्सन काउण्टर एवं ६१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । २१ लाख भन्दा बढी ग्राहक रहेको सो बैंकको प्रमुख वित्तीय परिसूचकहरू राम्रो रहेको छ ।

उत्तरदायी बंैकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रू ३ अर्ब १५ करोड भन्दा बढी राजस्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ । बैंकले वित्तीय समावेशिकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL