Logo

९ महिनामा ग्लोबल आईएमई बैंकले कमायो ३ अर्ब १५ करोड, यस्ता छन् अन्य परिसुचक

९ महिनामा ग्लोबल आईएमई बैंकले कमायो ३ अर्ब १५ करोड, यस्ता छन् अन्य परिसुचक



काठमाडौं । ग्लोबल आईएमई बैंकले चालू आर्थिक बर्षको पहिलो ९ महिनामा ३ अर्ब १५ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । सो अबधिमा बैंकको ब्याज आम्दानीमा वृद्धि भएसँगै उक्त नाफा आर्जन गरेको हो । बैंकको सो अबधिमा आईपुग्दा वितरणयोग्य नाफा भने ५७ अर्ब ९५ करोड रुपैयाँ रहेको छ ।

laxmi

बैंकले गत आवको सोही अबधिमा ९ अर्ब ७७ करोड रुपैयाँ ब्याज आम्दानी गरेकोमा चालू आवको सोही अबधिमा १४ अर्ब ६३ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ ।

बैंकले हालसम्म आईपुग्दा २ अर्ब १८ अर्ब निक्षेप संकलन गरी २ अर्ब १ अर्ब रुपैयाँ कर्जा प्रबाह गरेको छ । कुल १८ अर्ब ९७ करोड चुक्ता पूँजी रहेको सो बैंकको रिजर्भ कोषमा ९ अर्ब ६० करोड रुपैयाँ रहेको छ ।

बैंकको प्रति सेयर आम्दानी २२ रुपैयाँ १६ पैसा रहेको छ भने खराब कर्जा कुल कर्जा प्रबाहको १ दशमलव १४ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL