Logo

सेन्चुरी बैंकको नाफा ५० प्रतिशतले बढ्यो, ५८ अर्ब कर्जा लगानी

सेन्चुरी बैंकको नाफा ५० प्रतिशतले बढ्यो, ५८ अर्ब कर्जा लगानी



काठमाडौं । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा सेञ्चुरी बैंकको नाफा ४९ दशमलव ९६ प्रतिशतले बढेको छ । बैंकले गत आवको सोही अवधिको तुलनामा नाफामा उक्त वृद्धि गर्दै ९१ करोड ५७ लाख ७९ हजार रुपैयाँ पुर्याएको हो ।

गत आवको सोही अवधिमा बैंकको नाफा ६१ करोड ६ लाख ७१ हजार रुपैयाँ थियो । यो अवधिमा बैंकको वितरणयोग्य नाफा १३ करोड ४१ लाख १५ हजार रुपैयाँ मात्रै रहेको छ ।

यस्तै बैंकको खुद ब्याज आम्दानी १ अर्ब ९७ करोड १७ लाख २१ हजार रुपैयाँबाट बढेर २ अर्ब २५ करोड १५ लाख ८५ हजार रुपैयाँ पुगेको छ ।साथै सञ्चालन मुनाफा पनि ८७ करोड ३३ लाख ७१ हजार रुपैयाँबाट बढेर १ अर्ब २६ करोड ९२ लाख २८ हजार रुपैयाँ रहेको छ ।

८ अर्ब ४१ करोड ५४ लाख ७२ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १ अर्ब ७९ करोड ९१ लाख १९ हजार रुपैयाँ रहेको छ । ५८ अर्ब ७७ करोड ४५ लाख ८१ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ५८ अर्ब १० करोड ९५ लाख ६० हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।

बैंकको खराब कर्जा १ दशमलव ५३ प्रतिशतबाट बढेर २ दशमलव १९ प्रतिशत पुगेको छ । १४ रुपैयाँ ५१ पैसा प्रतिसेयर आम्दानी रहेको बैंकको प्रतिसेयर नेटवर्थ १२९ रुपैयाँ ७२ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL