Logo

एनआईसी एशिया बैंक र मास्टर कार्डबीच सहकार्य, मास्टर कार्डमार्फत एनआइसीका एटीएमबाट रकम निकाल्न सकिने

एनआईसी एशिया बैंक र मास्टर कार्डबीच सहकार्य, मास्टर कार्डमार्फत एनआइसीका एटीएमबाट रकम निकाल्न सकिने



काठमाडौं । एनआईसी एशिया बैंक र अन्तरराष्ट्रिय कार्ड सेवा प्रदायक कम्पनी मास्टरकार्डबीच सहकार्य भएको छ । उक्त सहकार्यसँगै बैंकको पोस टर्मिनल तथा एटिएमहरूमा उक्त कम्पनीका डेबिट तथा क्रेडिट कार्डहरु प्रयोग गर्न सक्नेछन ।

laxmi

बैंकका अनुसार उक्त व्यवस्थासँगै अब कुनै पनि राष्ट्रिय तथा अन्तरराष्ट्रिय बैंक तथा वित्तीय संस्थाहरूले जारी गरेको मास्टरकार्डका डेबिट तथा क्रेडिट कार्यहरूको प्रयोग एनआईसी एशिया बैंकको पोस टर्मिनलमार्फत कारोबार रकम भुक्तानी तथा एटिएम मेसिनहरूबाट नगद निकाल्न र मौज्दात सोधपुछ सुविधाका लागि प्रयोग गर्न सकिने छ । नेपालमा मास्टरकार्ड प्रयोगकर्ताहरूको संख्या बढ्दो क्रममा रहेको र विशेष गरी सेवा क्षेत्रहरू जस्तै होटल, रेष्टुरेन्ट, पर्यटन क्षेत्रमा मास्टरकार्ड प्रयोगकर्ताहरूको संख्या यथेष्ट रहेकोले मास्टरकार्डको यस सुविधासँगै बैंकले मर्चेन्ट भुक्तानी सेवामा थप टेवा पुर्याएको छ ।

बैंकले कोरोना महामारीको अवस्थामासमेत सातवटै प्रदेशमा ‘ग्राहक सहायता केन्द्र’ स्थापना गरी २४ सैं घण्टा आवश्यक बैंकिङ सेवा तथा सुविधा प्रदान गरिरहेको छ । साथै ‘कोरोनासँगको लडाई, बैंकिङ गरौं घरबाट एक पाइला नबढाई’ भन्ने नाराका साथ अन्तर बैंक रकम स्थानान्तरण, बिजुली महसुल, खानेपानी महसुल, हवाई टिकट, ईन्टरनेट सेवा, बीमा तथा टेलिफोन शुल्कलगायतका भुक्तानीहरूमा निशुल्क ब्यवस्था गरेको छ । बैंकले ३१९ शाखा कार्यालयहरू, ४६१ एटिएम, १०८ वटा एक्स्टेन्सन काउण्टर एवं ६१ वटा शाखारहित बैंकिङमार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL