Logo

सिटिजन्स बैंकको अनलाईन खाता सेवा संचालनमा, यस्ता छन सुविधा

सिटिजन्स बैंकको अनलाईन खाता सेवा संचालनमा, यस्ता छन सुविधा



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले घरैमा बसेर अनलाईन खाता खोल्न सकिने सेवा संचालनमा ल्याएको छ । बैंकले सूचना प्रविधिको विकाशक्रमलाई आत्मसाथ गर्दै बैंकको वेबसाइटमार्फत घरैमा बसी अनलाईन खाता खोल्न सकिने सेवा संचालनमा ल्याएको हो ।

ग्राहकले आफुले चाहेको शाखामार्फत घरैमा बसेर आफ्नो ईच्छा अनुसारको सर्वाधिक उच्च ब्याजदर सहितको बचत खाता तथा मुद्दती निक्षेप खाता खोल्न सक्नेछन । उक्त खाता खोलेपछि ग्राहकहरुले नियमित रुपमा बैैकिङ कारोबार गर्न सक्ने बैंकले जानकारी दिएको छ ।

अत्याधुनिक प्रविधिको प्रयोगबाट अनलाईन खाता खोल्न थप सुरक्षित, छिटो, छरितो, चुस्त र दुरुस्त हुने बैंकको विश्वास छ । साथै आगामी दिनमासमेत नयाँ प्रविधिलाई आत्मसाथ गर्दै नेपाली जनताको घर दैलोमा बैंकिङ सेवा विस्तार गर्ने बैंकको योजना रहेको छ । बैंकले लकडाउनको अवधिमा ग्राहकको सुविधाका लागि अत्यावश्यक सेवाहरु नगद राख्ने झिक्ने सुविधा, रेमिटान्स, क्लियरिङ, एलसी, ग्यारेन्टी, टीटीलगायतका सेवाहरु प्रदान गर्दै आएको छ ।

कोरोना भाइरस महामारीको जोखिम न्यूनिकरणका लागि नेपाल सरकारले गरेको रोकथाम तथा नियन्त्रणको प्रयासलाई टेवा पुर्याउने उद्देश्यले बैंकले इन्टरनेट तथा मोबाइल बैंकिङ लगायतका विद्युतिय माध्यमबाट गरिने भुक्तानीका सबै सेवाहरू निशुल्क गरेको छ । साथै यस बैंकको एटिएम कुनै पनि बैंकको एटिएममा प्रयोग गर्दा शुल्क नलाग्ने व्यवस्थासमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL