Logo

२५ माइक्रोफाईनान्स राष्ट्र बैंकको कारबाहीमा, ३ प्रतिशत रकम कर्मचारीको वृत्ति विकासमा

२५ माइक्रोफाईनान्स राष्ट्र बैंकको कारबाहीमा, ३ प्रतिशत रकम कर्मचारीको वृत्ति विकासमा



काठमाडौं । नेपाल राष्ट्र बैंकले २० वटा लघुवित्तलाई कारबाही गरेको छ । राष्ट्र बैंकको निर्देशनअनुसार कामकारबाही अघि नबढाएका लघुवित्तहरुलाई कारबाही गरिएको नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले जानकारी दिएको छ

स्थलगत अनुगमनको क्रममा ती लघुवित्तले न्यूनतम पुँजीकोष कायम नगरेको, न्यूनतम अनिवार्य मौज्दात अनुपात कायम नगरेको भेटिएकाले कारबाही गरिएको शिवाकोटीले जानकारी दिए । ‘हामीले विभिन्न सयममा सबै बैंक तथा वित्तीय संस्थाहरुको अनुगमन गरिरहेका हुन्छौं, अनुगमनको क्रममा केही न केही कैफियत भेटिन्छन्,’ उनले भने, ‘अनुगमनका क्रममा कमिकमजोरी भेटिएपनि सिध्रसुधारात्म देखि नगद हर्जनासम्मका कारबाही गरेका छौं ।’

राष्ट्र बैंकले विभिन्न समयमा गरी चालू आर्थिक बर्षमा ५९ वटा लघुवित्तको अनुगमन गरेका थियो । जसमध्ये राष्ट्र बैंकको निर्देशन पालना नगर्ने २० वटालाई हर्जना सहितको कारबाही गरिएको हो ।

राष्ट्र बैंकले यूनतम अनिवार्य मौज्दात अनुपात कायम नगर्ने २० वटा लघुवित्त वित्तीयलाई कारबाहीस्वरुप हर्जना लगाइएको छ भने ५ वटालाई शीघ्र सुधारात्मक कारबाहीको प्रक्रिया अगाडि बढाइएको जानकारी दिएको छ ।

राष्ट बैंकले चालू आर्थिक वर्षको फागुुन मसान्तसम्ममा ५९ वटाको निरीक्षण गरेको थियो । जसमध्ये ५० वटा लघुवित्तको समष्टिगत स्थलगत निरीक्षण, ५ वटाको लक्षित स्थलगत निरीक्षण तथा चारवटाको अनुगमन र विशेष निरीक्षण सम्पन्न गरेको थियो । हाल नेपालमा ८९ वटा लघुवित्तहरु संचालनमा रहेका छन् ।

यसैगरी घलुवित्तले आफ्नो कुल कर्मचारी तलब भत्ताको ३ प्रतिशत रकम कर्मचारीकोे वृत्ति विकासमा खर्च गर्नु पर्ने भएको छ । पछिल्लो समय लघुवित्तहरुले आफ्नो कार्यक्षेत्र तथा दायरा बढाएपनि सोही अनुरुप कर्मचारीको दक्षतामा अभिवृद्धि नगरेको पाइएपछि राष्ट्र बैंकले लघुवित्तहरुको १ बर्ष भरीको कुल कर्मचारी तलव भत्ताको ३ प्रतिशत रकम कर्मचारीको वृत्ति विकासका खर्च गर्नुपर्ने व्यवस्था गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL