Logo

एनआईसी एशिया बैंकको कोरोना भाइरस बीमा सेवा संचालन, अनलाईनबाटै खरिद गर्न सकिने

एनआईसी एशिया बैंकको कोरोना भाइरस बीमा सेवा संचालन, अनलाईनबाटै खरिद गर्न सकिने



काठमाडौं । एनआईसी एशिया बैंकले कोरोना भाईरस बीमालेख अनलाईन प्रणाली सेवा सुरु गरेको छ । बैंकले लकडाउनका कारण बाहिर निस्किएर बीमालेख खरिद गर्न कठिनाई हुनसक्ने भन्दै उक्त सेवालाई सहज बनाउन डिजिटल पोर्टल सञ्चालन गरेको हो । बीमा खरिदका लागि अनलाईनमार्फत छुट्टै पोर्टल नभएको अवस्थामा बैंकले डिजिटल पोर्टल (https://covid19.nicasiabank.com/) मार्फत यो सेवा सुरु गरेको बैंकले जानकारी दिएको छ ।

laxmi

ग्राहकले बैंकको मोबाइल बैकिङ एवं वेबसाइट वा सिधै उक्त पोर्टललाई आफ्नो वेब ब्राउजरमा खोलेर बैंकको मोबाईल बैकिङ वा ईन्टरनेट बैकिङबाट भुक्तानी गरी घरमै बसी अनलाईनबाटै बीमालेख खरिद गर्न सक्नेछन ।

कोरोना भाइरस बीमालेखमा दुई श्रेणीको बीमांक कायम गरिएको बैंकले जानकारी दिएको छ । बैंकका अनुसार पहिलो श्रेणीको बीमालेख १ लाख र दोस्रो श्रेणीको बीमालेख ५० हजार रुपैयाँ रहेको छ । यसलाई खरिद गर्न प्रतिव्यक्ति क्रमशः रू. १० हजार ५ सय रुपैयाँ लाग्नेछ । पारिवारिक वा संस्थागत रुपमा बीमा गर्नु परेमा प्रतिव्यक्ति क्रमशः ६ सय र ३ सय रुपैयाँमा उक्त बीमांकहरू गरिद गर्न सकिने व्यवस्था छ ।

बैंकले लकडाउनको अवधिलाई मध्येनजर गर्दै सातवटै प्रदेशमा ‘ग्राहक सहायता केन्द्र’ हरू स्थापना गरी २४ सैं घण्टा आवश्यक बैंकिङ सेवा तथा सुविधा प्रदान गरिरहेको छ ।

साथै कसैलाई बैकिङ सम्बन्धि सेवा तथा सुविधा आवश्यक परेमा वा बैंकले प्रदान गर्ने सेवा सम्बन्धी कुनै पनि जानकारी चाहिएमा बैंककोे ग्राहक सम्पर्क केन्द्रको टोल फ्रि नम्बरः १६६०–०१–७७७७१, मिस्डकल बैकिङ ९८०१२२७७५५, एसएमएसः ३४४८८, वेवसाइट च्याटबट तथा गुनासो सुनुवाई अधिकृतलाई ९८४०१६३६९९ मा सिधा सम्पर्क गर्नसमेत बैंकले आग्रह गरेको छ । बैंकले ३१९ शाखा, ४६१ एटिएम, १०८ एक्स्टेन्सन काउण्टर एवं ६१ शाखारहित बैकिङमार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL