Logo

लकडाउनमा सनराइज बैंकको अफर, फूडमाण्डुमा सामान खरिद गर्दा १० प्रतिशत क्यास ब्याक

लकडाउनमा सनराइज बैंकको अफर, फूडमाण्डुमा सामान खरिद गर्दा १० प्रतिशत क्यास ब्याक



काठमाडौं । सनराइज बैंकले आफ्ना ग्राहकहरुलाई घरमै बसेर सामान खरिद गर्दा विशेष छुट दिने व्यवस्था गरेको छ ।

laxmi

ग्राहकको सेवा र सुविधालाई मध्यनजर गर्दै बैंकले हालको लकडाउनको अवस्थामा पनि फूडमन्डुमा माग गरिएको अर्डरका लागि सनराइज बैंकको डेबिट/क्रेडिट कार्ड तथा क्यूआर कोड प्रयोगगरी सामान खरिद गर्ने प्रत्येक ग्राहकलाई १० प्रतिशत वा ५ सय रुपैयाँसम्म क्यासब्याक दिने भएको छ ।

उक्त अफर लकडाउन अवधीसम्म काठमाडौं उपत्यकाभित्र मात्र मान्य हुने बैंकले जानकारी दिएको छ । वर्तमान परिस्थिति तथा रोग संक्रमणको जोखिमलाई मध्यनजर गर्दै ग्राहकको सुविधाको लागि यस्ता सम्झौताहरु गरिएको बैंकले जानकारी दिएको छ ।

बैंकले लकडाउनको समयमासमेत एटिएम नेटवर्क, अनलाइन बैंकिङसेवाका साथै केहि नगद काउन्टर, रेमिटान्स सेवाहरु संचालन गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL