Logo

सनराइज बैंकले ल्यायो नयाँ सुविधा, अब घरैमा बसी मुद्दती निक्षेप खाता खोल्न सकिने

सनराइज बैंकले ल्यायो नयाँ सुविधा, अब घरैमा बसी मुद्दती निक्षेप खाता खोल्न सकिने



काठमाडौं । सनराइज बैंकले घरबाटै मुद्दती निक्षेप खाता खोल्न सकिने योजना संचालनमा ल्याएको छ । बैंकले कोरोना भाइरसको संक्रमण रोकथामका लागि बन्दाबन्दीको अवस्थामा आफ्ना ग्राहकलाई डिजिटल बैंकिङ प्रयोग गर्न प्रोत्साहन गर्दै घरबाटै मुद्दती खाता खोल्न सकिने व्यवस्था गरेको हो ।

निक्षेपकर्ता ग्राहकले आफ्नो बचत खातामा रहेको रकमलाई मुद्दती निक्षेपमा स्थानान्तरण गरी थप ब्याज आम्दानी गर्ने चाहाना भए ‘सनराइज स्मार्ट’बाट अनलाइन मुद्दती खाता खोल्न सकिने व्यवस्था गरिएको बैंकले जानकारी दिएको हो । उक्त मुद्दती निक्षेप खातामा सर्वाधिक उच्च ब्याज ८ दशमलव २५ प्रतिशत ब्याजमा शून्य दशमलव ५० प्रतिशत प्रिमियम ब्याज थप गरी प्रदान गर्ने व्यवस्था गरिएको बैंकले जानकारी दिएको छ ।

उक्त मुद्दतीको न्यूनतम अवधि ३ महिना हुने, ‘सनराइज स्मार्ट’ प्रयोग गरी सजिलै मुद्दती खाता खोल्न सकिने र कुनै पनि अतिरिक्त शुल्क नलाग्ने बैंकले जानकारी दिएको छ । बैंकका अनुसार ग्राहकले घरबाटै सनराइजको मोबाइल बैकिङ प्रयोग गरी सरल रुपमा मुद्दती निक्षेप खाता खोल्न सकिनेछ ।

ग्राहकले बैंकको सनराइज स्मार्ट मोबाइल बैकिङ प्रयोग गरि बैंक रकम स्थानान्तरण, बिजुली महसुल, खानेपानी महसुल, हवाई टिकट, ईन्टरनेट सेवा, बीमा तथा टेलिफोन शुल्कलगायतका भुक्तानीहरू घर बसि बसि निःशुल्क गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL